शनिबार, बैशाख ८, २०८१

सनराइजको प्रादेशिक कार्यालय स्थापना

 काठमाडौं पुस २७, सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले देशका ६ प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेको छ । बैंकले प्रदेश नं १ को प्रादेशिक कार्यालय ईटहरी , प्रदेश नं २ को लाहान , प्रदेश नं ४ को पोखरा , प्रदेश नं ५ को बुटवल , प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को अत्तरियामा आफ्ना प्रादेशिक कार्यालय स्थापना गरेको आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ

त्यस्तै विज्ञप्तिमा उक्त प्रादेशिक कार्यालयको सामुहिक उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगड, संचालक ई.बच्छराज तातेड, संचालक ज्योति कुमार बेगानी, संचालक ओमकृष्ण जोशी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रुपमा गर्नुभएको उल्लेख गरिएकको छ ।

साथै स्थापित प्रादेशिक कार्यालयले आफ्नो मातहतमा रहेका शाखाको अनुगमन, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा, संस्थागत सुशासन, साथै व्यापार विस्तारका कार्यहरु छिटो, छरितो र चुस्त रुपमा सम्पादन गर्ने उल्लेख गर्दै बैकको हाल सम्म १०२ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११४ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।