शुक्रबार, चैत्र १६, २०८०

सनराइजको ठेंचो शाखा विस्तार

काठमाडौं चैत्र १७, आफ्ना ग्राहकहरुलाई सेवामा समर्पित सनराइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ । यसै क्रममा ललितपुरस्थित ठेंचोमा समेत नयाँ शाखाको विस्तार गरेको छ ।

गोदावरी नगरपालिकाको मेयर गजेन्द्र महर्जन र संचालक समितिका सदस्य ई.बच्छराज तातेडले एक कार्यक्रमकावीच संयुतm रmपमा शाखाको शुभारम्भ गर्नु भएको थियो । त्यस अवसरमा संचालक समितिका सदस्यहरु ओम कृष्ण जोशी, शारदा शर्मा पुडासैनी, नायव महाप्रबन्धक अपछ कुमार यादव लगायतका बैंकका उच्च पदाधिकारीहरm उपस्थिति रहेको थियो ।

ठेचो शाखा विस्तारसंगै बैंकको शाखा संख्या १०४ वटा पुगेको छ । साथै बैंकले नेपाल भर २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११९ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।  साथै बैंकले आफ्ना सेवा विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानमा समेत थप शाखा संचालन गर्ने योजना रहेको बैकद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।