शुक्रबार, बैशाख ७, २०८१

सडक दुर्घटना न्यूनीकरणसम्बन्धी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल

वर्षेनी बढ्दो सडक दुर्घटना निकै डरलाग्दो भएको जनाउ दिदै लापरवाही गरी सवारी साधन चलाउने चालकलाई जन्म कैदको व्यवस्था गर्न सासंद बस्नेतको माग

काठमाडौ माघ २९ प्रतिनिधिसभाको आजको बैठकमा सडक दुर्घटना न्यूनीकरणसम्बन्धी जरुरी सार्वजनिकगर्न महत्वको प्रस्तावमाथि छलफल भएको छ । काङ्ग्रेसका सांसद डा डिला सङ्ग्रौलाको प्रस्तुत गर्नु भएको सो प्रस्तावको समर्थन अर्का काङ्ग्रेसका सांसद सञ्जयकुमार गौतमले गर्नु भएको थियो ।  त्यस्तै प्रस्ताव प्रस्तुतकर्ता डा सङ्ग्रौलाले नेपालमा सडक दुर्घटना परेर मृत्यु वा घाइते हुनेका तथ्याङ्क पछिल्लो पाँच वर्षमा भयावह रुपमा बढिरहेकाले दुर्घटना रोक्न कदम चाल्नुपर्ने र राष्ट्रिय सडक सुरक्षा कार्ययोजना लागु गर्नु पर्नेमा जोड दिनु भएको थियो भने समर्थक गौतमले वर्षेनी बढ्दो सडक दुर्घटना र त्यसबाट मृत्युहुनेको सङ्ख्या बढिरहेको अवस्थामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव ल्याउनुपरेको जनाउ दिनु भएको थियो ।

त्यस्तै प्रस्तावमाथिको छलफलमा सांसद प्रेम सुवाल, टेकबहादुर बस्नेत, खगराज अधिकारी, दुर्गा पौडेल, नवराज सिलवाल, विरोध खतिवडा, मीनबहादुर विश्वकर्मा, अमरेशकुमार सिंह, रामबहादुर विष्ट, गणेशकुमार पहाडी, रामकुमारी झाक्री, देवप्रसाद तिमिल्सेना, डा सूर्यप्रसाद पाठक, प्रदीप यादव र तेजुलाल चौधरीलगायतले भाग लिँदै आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

त्यस क्रममा  नेकपाका सासंद महेश बस्नेतले लापरवाही गरी सवारी साधन चलाउने चालकलाई जन्म कैदको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।त्यस्तै उहाँले सवारी दुर्घटनामा करिव ९० प्रतिशत चालकको लापरबाहीका कारण हुने गरेको ससंदलाइ जानकारी गराउँदै पछिल्लो पाँच वर्षमा प्राकृतिक विपत्ती, भुकम्प, मुलुकमा भएको द्वन्द्व, सवारी दुर्घटना सवैसँग तुलना गर्दै सडक दुर्घटना निकै दुःख तथा डरलाग्दो भएको जनाउ दिनु भएको छ ।
धारणा अभिक्त गर्नेक्रममा सांसद बस्नेतले यात्रुहरुलाई बचाउनु हाम्रो महत्वपूर्ण दायित्व भएको बताउँदै भक्तपुरमा मात्र करिव एक हप्तामा एक जनाको मृत्यु हुने गरेको बताउँदै  दैनिक रुपमा सरदर दुई हजार जनाले सडक दुर्घटनामा ज्यान गुमाएको तथ्याङ्क रहेको जनाउ दिनु साइकल तथा सर्वसाधारण हिड्ने छुट्टै लेनको निर्माण गरी दुर्घटना न्युनिकरण गर्नुपर्नेमा समेत जोड दिनुभएको छ । त्यस्तै चालकको अनुमतिपत्र वितरण प्रकृयामा भएको लापरवाही पनि सवारी दुर्घटना हुनुको अर्को कारण भएको बताउँदै त्यसलाई व्यवस्थित तथा प्रभावकारी बनाउनुपर्नेमा जोड दिदै सासंद बस्नेतले सार्वजनिक महत्वको प्रस्ताव सरकारको पक्ष वा विपक्ष भन्दा पनि आम नेपालीको पक्ष रहेको बताउँदै उहाँले पछिल्लो समय टिपरका कारण नागरिकमा उत्पन्न भएको आतंकलाई न्युनिकरण गर्ने पर्नेमा जोड दिनुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031