शुक्रबार, चैत्र १६, २०८०

सञ्चार प्राणालीमा समस्या आएसंगै २ घण्टा अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित

काठमाडौ पुस २४, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार प्राणालीमा एकाएक आज बिहान करीब ९ बजे समस्या आएसंगै मरिव करीब दुई घण्टा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ ।

विमानस्थलको सञ्चार प्रणाली भिडियो हाई फ्रिक्वेन्सी अर्थात भिएचएफमा समस्या आएपछि उडानमा समस्या आएको विमानस्थलले जनाएको छ ।

त्यस्तै विमानस्थलको सञ्चार उपकरणमा लाइन सर्ट भएपछि भिएचएफमा समस्या आएको भएपनि तत्काल प्राविधिक मर्मतपछि बिहान ११ बजेदेखि नियमित उडान सुरु भइसकेको जानकारी विमानस्थल प्रशासनले दिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।