शनिबार, बैशाख ८, २०८१

सञ्चारमाध्यम पूर्ण समावेशी हुनुपर्नेमा सरोकारवालाहरुको जोड

काठमाडौ माघ २१,    नेपाल पत्रकार महासंघ, मधेश समितिद्वारा आज महासंघ मुख्यालयमा आयोजित “पत्रकारिता, समावेशिता र सूचनाको हक” विषयको एक अन्तक्र्रिया कार्यक्रममा वोल्दै राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरी बाँस्कोटाले जनतालाई सार्वजनिक सूचनाको जानकारी राख्ने अधिकार रहेको भन्दै सूचनाको हक सम्बन्धी अधिकार प्रयोग गर्न सबैलाई आग्रह गर्दै संघीय शासन प्रणाली भएका मुलुकहरुमा प्रदेश सूचना आयोगहरु रहेको भन्दै उहाँले नेपालमा पनि प्रदेशस्तरीय सूचना आयोग आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको छ ।
त्यस्तै त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सहभागिता र विषयवस्तुको हिसाबले सबै सञ्चारगृहलाई समावेशी बनाउन महासंघले पैरवी गरिरहेको बताउँनु भएको प्रस्तुत अन्र्तक्रियाका वक्ताहरूले सूचना तथा सञ्चार मन्त्रालयमातहत रहेका नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र संस्थान र राष्ट्रिय समाचार समिति लगायतका अन्य निजी सञ्चारमाध्यम समेत पूर्ण समावेशी हुनुपर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रममा मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, मधेश मिडिया हाउसका अध्यक्ष डा.राजेश अहिराज, महासंघका पूर्व सचिव धर्मेन्द्र कर्ण, सामुदायिक रेडियो प्रसारक संघका उपाध्यक्ष निमेश कर्ण, पत्रकारहरु सुबक महतो, अनिलकुमार कर्ण, विरेन्द्र केएम लगायतले धारणा व्यक्त गर्नु भएको थियो ।