शनिबार, बैशाख ८, २०८१

सञ्चारमाध्यमलाइ करको दायरामा आउन अर्थमन्त्री कोइरालाको आग्रह

 काठमाडौँ पौष २९, सरकारको वार्षिक बजेटमा लोककल्याणकारी विज्ञापनमा २५ प्रतिशत बढाएको उल्लेख भए पनि आफुहरुले  बढेको रकम नपाएको गुनासो गर्दै नेपाल पत्रकार fng logo 1महासङ्घ काठमाडौँका पदाधिकारीहरुले अर्थमन्त्री शंकर कोइराला संग भेटवार्ता गरेका छन । भेटवार्ताको क्रममा पत्रकार टोलीले साना लगानीका पत्रिका डुब्ने अवस्था आएको भन्दै सरकारको ध्यानाकर्षण गराएको काठमाडौं शाखा सम्बद्ध स्रोतले जनाएको छ ।

पत्रकारहरुको ध्यानाकर्षण पछि मन्त्री कोइरालाले बजेटमा वृद्धि भएको लोककल्याणकारी विज्ञापनको राशि पत्रकारको हातमा पुगोस् भन्ने सरकारको उद्देश्य रहेको बताउँदै अर्थमन्त्री कोइरालाले सञ्चारमाध्यमलाई करको दायरामा आउन आग्रह गर्नुभएको प्राप्त समाचारमा जनाएको छ ।