मङ्लबार, बैशाख ४, २०८१

सञ्चारकर्मी ढकाल हत्या प्रकरण : हत्याबारे सत्यतथ्य पत्ता लगाउन माग

काठमाडौं माघ २१ , नेपाल पत्रकार महासंघल मकवानपुरबाट प्रसारण हुने रेडियो अनमोलमा आवद्ध सञ्चारकर्मी मनोहर ढकालको हत्याका सम्बन्धमा स्थलगत अध्ययनका लागि पठाएको मिडिया मिसनले प्रतिवेदन सार्वजनिक गरेको छ ।

महासंघ केन्द्रीय सदस्य कृष्ण गिरीको संयोजकत्वमा महासंघ ३ नम्बर प्रदेश समिति अध्यक्ष प्रताप विष्ट र महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाई सदस्य रहेको मिसनले पीडित पक्ष, सरोकारवाला पक्ष, प्रहरी, प्रशासनलगायत घटनासँग जोडिएका सबै पक्षसँग छलफल गरी प्रतिवेदन तयार गरेको हो ।

प्रतिवेदन सार्वजनिक गर्दै सञ्चारकर्मी मनोहर ढकालको हत्याका दोषी पक्राउ गरे पनि हत्या बारे सत्यतथ्य बाहिर आउन नसकेको हुँदा जतिसक्दो चाँडो सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै मिडिया मिसन टोलीले दोषी पक्राउ परे पनि घटनास्थलमा मनोहर किन र कसरी पुग्नुभयो भन्ने विषय अझै रहस्यको गर्भमै रहेको जिकिर गरिएको छ ।

यस्तो छ मिडिया मिसनको प्रतिवेदन

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।