मङ्लबार, बैशाख ४, २०८१

सङ्घीयता विरोधी तत्वलाइ चलखेल गर्ने अवसर दिए मुलुकमा गम्भीर परिस्थिती :अध्यक्ष प्रचण्ड

 काठमाडौं कार्तिक ६, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले प्रदेश सरकारले संविधानलाई प्रभावित हुने काम गरे मुलुकमा गम्भीर परिस्थिती सिर्जना हुने चेतावनी दिएका छन् ।

नेकपा प्रदेश नं २ जनकपुरद्वारा मंगलबार दशैँ तिहार तथा छठपर्वको अवसर पारेर आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाइ सम्बोधन गर्दै अध्यक्ष  प्रचण्डले प्रदेश सरकारले सङ्घीय सरकारलाई सम्बोधन नगरे गम्भीर परिस्थिती सिर्जना हुन सक्ने बताउँनु भएको हो । प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतसहित संघीय सरकारका मन्त्रीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा यो वा त्यो वहानामा सङ्घीयता विरोधी तत्वलाइ चलखेल गर्न कुनैपनि मौका मिार्थ दिन नहुनेमा जोड दिदै

संघीय सरकार सविधान संशोधन गरी मधेशी जनताको सम्मानर अधिकार दिलाउँने पक्षमा प्रतिवद्ध रहेको जनाउ सहित प्रदेश न २को विकासका लागि सुनकोशी–कमला डाइभर्सन सिँचाइ परियोजना, त्रियुगी नदीबाट खानेपानी योजना र निजगढ अन्तर्रा्ष्ट्रिय हवाई अड्डा जस्ता महत्वपूर्ण काम , ज यथाशीघ्र शुरू गरिने जनाउ दिएको  प्राप्त समाचारमा  उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।