बिहिबार, बैशाख १३, २०८१

संसदीय समितिको पहिलो बैठक: कार्यविधि बनाउन तीन सदस्यीय उपसमिति गठन

 काठमाडौ असार २६ ,  संसदीय सुनुवाइ समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको अध्यक्षतामा आज बसेको पहिलो बैठकले ३ दिन भित्र समितिको कार्यविधि बनाउन तीन सदस्यीय उपसमिति गठन गरेको छ । उप समितिका सदस्यहरुमा संसद सदस्यहरु क्रमस योगेश भट्टराई, पुष्पा भुसाल र शिवकुमार मण्डल सदस्य रहेका छन । गठित उपसमितिलाइ समितिको बैठक सञ्चालनको कार्यविधि बनाउँदै शुक्रबार बस्ने बैठकमा पेश गर्ने कार्यादेश दिईएको छ ।

१२ जना प्रतिनिधी सभा सदस्य र ३ जन राष्ट्रियसभाका सदस्य सहित १५ सदस्य रहेको समितिले संवैधानिक अंगका पदाधिकारी, सर्वोच्च अदालतका प्रधानन्यायाधीश र विभिन्न मुलुकमा नियुक्त हुने राजदूतको संसदीय सुनुवाइ गर्नेछ । यसक्रममा पहिलो सुनवाइ भने सर्वोच्च अदालतका प्रधानन्यायाधीशका लागि सिफारिस हुनुभएका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको गर्नेछ ।

समितिमा प्रतिनिधि सभाबाट अमृता थापा, निरूदेवी पाल, पार्वत गुरूङ, पूर्णकुमारी सुवेदी, योगेशकुमार भट्टराई, शिवकुमार मण्डल केबट, सुरेन्द्रप्रसाद पाण्डे, ज्ञानेन्द्रबहादुर कार्की, भीमसेनदास प्रधान, पुष्पा भुसाल गौतम, लक्ष्मणलाल कर्ण र राजेन्द्रप्रसाद श्रेष्ठ र राष्ट्रिय सभाबाट सुमन प्याकुरेल, नन्दा चपाईं र जीतेन्द्रनारायण देव सदस्य रहेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।