बिहिबार, बैशाख ६, २०८१

संसदीय दलको नेताका लागि देउवा र सिंहको उम्मेदवारी

काठमाडौ फागुन २० , नेपाली काँग्रेसको सोमवार हुने संसदीय दलको नेताको निर्वाचनको लागि प्रकाशित निर्वाचन कार्यक्रम अनुसार आज साँझ उम्मेदवारी दर्ता गरिएको छ । आज पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहले  आ- आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको हो ।

 सभापति देउवाको मनोनयनको समर्थकमा विजयकुमार गच्छदार र रहेका छन् भने प्रस्तवकमा मानबहादुर विश्वकर्मा रहनु भएको छ त्यस्तै , सिंहको प्रस्तावकमा पार्टी कोषाध्यक्ष सीतादेवी यादव र समर्थकमा सञ्जय गौतमरहनु भएको छ ।  आज अपराह्न ६ बजेदेखि साँझ ७ः३० बजेसम्म आहान गरिएको  दरखास्त अनुरुप उहाँहरुले उम्मेदवारी दर्ता गराउँनु भएको हो ।

उम्मेदवारी फिर्ताका लागि सोमबार बिहान साढे ८ बजेसम्मको समय तोकिएको छ भने यसवीचमा उम्मेदवारी फिर्ता भएन भने बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म दलको नेता चयनका लागि मतदान हुने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।