शुक्रबार, बैशाख ७, २०८१

संविधान दिवसका दिन सरकारमा बसेरै कालो दिन मनाउने राजपाको तयारी

संविधान दिवसमा विरोध सभाका लागि मन्त्री नै खटाइए

काठमाडौ भाद्र ३१,  प्रदेश २ सरकारका मन्त्री नै संविधान दिवसमा हुने विरोध सभामा खटिने भएका छन् । संविधानको विरोधका लागि राजपाले सभा गर्न आफ्ना मन्त्री खटाएको छ । राजपाले संविधान संशोधनको मागलाई लिएर ३ असोजमा बृहत् विरोधका कार्यक्रम गर्ने निर्णय गरेसँगै त्यसको नेतृत्वका लागि नेता परिचालन गरेको हो । राजपाले भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनाललाई सप्तरी खटाएको छ । त्यस्तै, उद्योग, पर्यटन, वन तथा वातावारणमन्त्री रामनरेश रायलाई सिरहा र सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई धनुषा खटाएको छ ।

राज्यमन्त्री डिम्पल झालाई महोत्तरी र सुरेश मण्डललाई रौतहट खटाएको छ । मधेस अन्दोलनमा असई थमन विकको हत्या अभियोग खेपिरहेका राज्यमन्त्री अभिराम शर्मालाई सर्लाही खटाइएको छ । राजपाका शीर्ष नेता पनि विरोधसभामा खटिने भएका छन् । अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरलाई बारा र पर्साको जिम्मेवारी दिइएको छ । त्यस्तै, अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोलाई बाँके र बर्दिया, महेन्द्र राय यादवलाई नवलपरासी, रुपन्देही र कपिलवस्तु खटाइएको छ । शरत्सिंह भण्डारीलाई झापा, राजकिशोर यादवलाई मोरंग र सुनसरी तथा अनिलकुमार झालाई कन्चनपुर र कैलालीमा हुने विरोध कार्यक्रमको जिम्मा दिइएको छ ।

राजपाले स्थानीयस्तरमा राजपाबाट निर्वाचित जनप्रतिनिधिलाई खटाएको छ । प्रचार गर्ने र जनसहभागिता गराउने जिम्मा उनीहरूलाई दिइएको धनुषाका एक मेयरले बताए ।  सरकारमा बसेरै कालो दिन मनाउने तयारी संविधान दिवसका दिन ३ असोजमा प्रदेश सरकारले वृक्षरोपणको तयारी गरेको छ । प्रदेश मन्त्रिपरिषद्को २८ भाद्रमा बसेको बैठकले वृक्षरोपणलगायत कार्यक्रम बनाएको हो । तर, सत्तामा सहभागी दल राजपाले भने कालो दिवस मनाउने तयारी गरेको छ । नयाँपत्रिकाबाट

  तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2018
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31