बिहिबार, चैत्र १५, २०८०

संघीय संसद् बैठक : बजेट विनियोजन विधेयकबारे आजदेखि छलफल सुरु

 काठमाडौ जेठ ३०,  संसद् भवन बानेश्वरमा आज बाट सुरु भएको संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि गत जेठ १५ गते १३ खर्ब १५ अर्ब रुपैयाँ बराबरको बजेट विनियोजन विधेयकबारे आजदेखि छलफल सुरु भएको छ ।

बैठकमा आज सञ्चार तथा सूचना प्रविधि, खानेपानी, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयअन्तर्गतका विभिन्न शीर्षकमा छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

संसद् सचिवालयलेका अनुसार आजको बैठकमा थप विषय अन्र्तगत कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयअन्तर्गतको बजेटमा पनि छलफल हुने संघीय संसद् सचिवालयले जनाएको छ । यसअघि गत आइतबारबाट प्रतिनिधिसभामा दफाबार छलफल हुने भनिए पनि आवश्यक तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको थियो ।
 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।