मङ्लबार, बैशाख ११, २०८१

संघीय संसदको सांसदहरुले आज शपथ लिंदै

राष्ट्रियसभामा डा. खतिवडा बिडारी र डा. विमला पौडेल सहित फौजदारी अभियोगका कारण चौधरीलाइ सपथ नगराइने

 काठमाडौ फागुन २०,   संघीय संसदको निर्वाचन भएको ३ महिनापछि आज सांसदहरुले आज शपथ लिंदै छन् । संसद सचिवालयका अनुसार आज प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रियसभाका ५९ गरी संघीय संसद्का कूल ३ सय ३४ सदस्यमध्ये ३ सय ३० जनाले आज शपथ लिने जानकारी दिएका छन ।
तर सर्वोच्च अदालतले शपथमै रोक लगाएका कारण सरकारको सिफारिसमा राष्ट्रियसभामा मनोनित डा। युवराज खतिवडा, रामनारायण बिडारी र डा। विमला पौडेल राई त्यस्तैगरि फौजदारी अभियोग लागेका कैलाली–१ बाट प्रतिनिधिसभामा विजयी रेशम चौधरी लाइ भने आज शपथग्रहण गराइने छैन ।

सचिवालयका अनुसार प्रतिनिधिसभाको ४ बजे र राष्ट्रियसभाको ५ बजे आफ्नै सभाकक्षमा हुने शपथ ग्रहण कार्यक्रममा अनुपस्थित रहने सांसदका हकमा शपथका लागि पछि निर्णय हुने जनाउँदै आज प्रतिनिधिसभामा राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र राय यादव र राष्ट्रिय सभामा नेपाली कांग्रेसकी तारादेवी भट्टले शपथ गराउने तय भएको बताएको छ।  यसअघि ज्येष्ठ सदस्य यादव र भट्टले आजै १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिने कार्यक्रम छ । त्यसपछि मात्रै उनीहरुले अन्य सदस्यलाई शपथ गराउनेछन् ।

त्यस्तै सचिवालयका अनुसार आज ४४ जना सांसदले मैथिली, भोजपुरी, थारु, मगर, अवधि, बज्जीका, नेवारी, हिन्दी, उर्दु र तामाङ अर्थात मातृभामा शपथ लिने र बाँकी सांसदले भने नेपाली भाषमै शपथ लिने जानकारी दिएका छन ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।