मङ्लबार, बैशाख ४, २०८१

संगीतकार मनराजा नकर्मी एकल साँझ हुने

  • शरण डंगोल

काठमाडौं पुस २७, आगामी माघ ५ गते नेपालभाषा तथा नेपाली भाषाको साङ्गगेतिक विकासमा महत्वपूर्ण योगदान दिँदै आएका संगीतकार मनराजा नकर्मीको सिर्जना एकल साँझको आयोजना गरिने भएको छ ।

 साङ्गगेतिक क्षेत्रमा समर्पित श्रष्टाहरुको सहयोगार्थ नेपालमण्डल टेलिभिजनको आयोजना हुन लागेको प्रस्तुत मनराजा नकर्मी एकल साँझको जानकारी दिदै आयोजक संस्थाले संगीतकार नकर्मी विगत ३ दशकदेखि अनवरत रुपमा यस क्षेत्रमा क्रियाशील रहेको र हाल उहाँ रेडियो नेपालमा मुख्य संगीत संयोजक पद रही सेवारत रहेको जानकारी दिईएको छ ।

तबला वादनमा गोल्ड मेडलिष्ट समेत रहेका संगीकार नकर्मीका थुप्रै एल्बम बजारमा आइसकेका छन । त्यस्तै उहाँ संगीत महर्षी नातिकाजी सम्मान लगायतका अन्य विभिन्न सम्मानबाट समेत सम्मानीत भइसकेका छन ।  आयोजक संस्थाले दिएको जानकारी अनुसार संगीतकर्मी दिनेशराज रेग्मीको संयोजन रहने  प्रस्तुत  एकल साँझमा    दुर्गालाल श्रेष्ठ, भीमबहादुर नकर्मी, डा। रामविक्रम सिँजापति, डा। कृष्णहरि बराल, नातिबज्र, केशवराज राजभण्डारी, सुरेन्द्र राना, सुरेशकुमार कार्की, डा. दीर्घसिंह बम, आनन्दरत्न बज्राचार्य, डा.सुनलाल थापा, हेमन्त विवश, राजकुमार श्रेष्ठ,  रमेश गाउँले, देवदत्त भट्ट, तुलसी महर्जनका रचनाहरु मदनकृष्ण श्रेष्ठ, संगीता प्रधान, कुन्ती मोक्तान, धनबहादुर गोपाली, जुजुकाजी रन्जित, स्वयम्भूराज शाक्य, निशा देसार, लगायतका कलाकारको आवाजमा गुन्जिनेछन् । पत्रकार भेटघाटमा हाँस्य सम्राट एवं गायक वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ लगाoतको उपस्थिती रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।