शुक्रबार, चैत्र १६, २०८०

शौचालयको अभावमा प्रदेश सरकारको बेटी पढाउ, बेटी बचाउ’ अभियान प्रभावित बन्दै

  • धर्वेन्द्र कुमार यादव

महोत्तरी असोज १७, महोत्तरीको गौशाला नगरपालिका—६ फुलकाहा स्थित श्री माध्यमिक विद्यालय भेडियाहीमा अध्ययनरत छात्राहरु महिनावारी भएको समयमा स्कूल आउनबाट वञ्चित हुने गरेका छन् । विद्यालयमा चर्पीको व्यवस्था नहुँदा त्यहाँ अध्ययनतर बालिकाहरु महिनाबारीको समयाअवधिभरि पढ्न आउन सक्दैंनन् ।  विद्यालयमा सेनेटरी प्याड, प्याड फेर्ने स्थान र शौचालयको अभावमा बालिकाहरु महिनाबारी हुँदा घरमै बस्ने गरेका विद्यालयकी शिक्षिका महाललक्ष्मी शाहलेबताइन

‘महिनाबारी हुँदा हामी विद्यालय आउन सक्दैनौं,’कक्षा १० की छात्रा रुवी कुमारी चौरसियाले भनिन्,‘ विद्यालयमा चर्पी र प्याड चेन्ज गर्ने ठाउँ छैन । त्यसैले घरमा बस्नु पर्ने बाध्यता हुन्छ ।’ महिनाबारीको समयमा विद्यालय आउन नपाउँदा पढाईमा प्रभावित हुने गरेको कक्षा १० की अर्का छात्रा रंगिला कुमारी यादवले बताइन् ।‘स्कूलमा खानेपानी र शौचालय छैन । दिसा पिसाब गर्न विद्यालय पछाडीको बास झ्यांगमा जानु पर्छ ।’बस्ती नजिकै विद्यालय हुँदा बास झ्यांगमा पनि शौच गर्न बालिकालाई समस्या हुने गरेको छ ।

कक्षा ९ की छात्रा राधा कुमारीले भनिन्,‘पैंतालीस मिनेन्टको घण्टी हुन्छ । बाहिर शौंच गर्न जानु पर्दा पढाई छुट्छ ।’ विद्यालयका शिक्षक, विद्यार्थीहरु बास झ्यांगमा पिसा गर्न जाँदा छात्राहरुलाई स्कूल बाहिर पनि शौंच गर्न निकै समस्या हुने उनले बताइन् ।

‘शौंचालको अभावमा पढाई प्रभावित हुँदा छात्र भन्दा छात्राहरु कमजोर भइरहेका छन्,’विद्यालयका शिक्षक दिलिप यादवले भने,‘बालिकाहरु परिक्षामा फेल सम्म हुन्छन् ।’ विद्यालयमा रहेको दुई वटा शौचालय जीर्ण भइसकेकोले विद्यालयको शैक्षिक क्रियाकलपामा असर पर्ने गरेको उनले जनाए । विद्यालयमा हामी ६ घण्टा बस्छौं । तर, चहोर पनि हामी एक गिलास पानी खान पाउँदैंनौं,’शिक्षिका कान्तिदेवी यादवले भनिन्,‘पानी खाए शौंच गर्न कहाँ जाने चुनौतीले प्यास लागेपनी पानी खानसक्दैंनौं ।’

विद्यायलमा बालिकाहरु महिनाबारी हुँदा त्यसको लागी सेनेटरी प्याड र प्याड फर्ने वास सेन्टरको व्यवस्थापन विद्यालयले मिलाउनु पर्ने निमय रहेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई शत्रुधन यादवले जनाए ।

विद्यालयमा एउटा चपाकल छ । तर, चपाकलको पानी पिउन योग्य छैन । चपाकलको पानीमा बालुवा आउने गरेकोले बालबालिकाहरुलाई खानेपानी खान समस्या छ । विद्यालयमा सात सय ३३ जना विद्यार्थी अध्ययरत छन् । जसमध्ये तीन सय २२ जना बालिकाहरु छन् । कक्षा ६ देखि नै बालिकाहरु महिनाबारी हुन थाल्छिन् । कक्षा ६ देखी १० सम्ममा विद्यालयमा एक सय ९० जना बालिकाहरु विद्यालयमा अध्ययनरत रहेका प्रधानाध्यापक रामएकवाल यादवले जनाए । सो विद्यालयमा बिशेष गरेर छात्राहरुको उपस्थित रहने गरेको छ । उनीहरुलाई पढाउने शिक्षक नहुँदा प्रदेश नम्बर नं.—२ सरकारले ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमाथि नै प्रश्न चिन्ह उठेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।