शुक्रबार, चैत्र १६, २०८०

शेयर बजार सम्बन्धी एकदिने आधारभुत तालिम

काठमाडौं पुस २१ , शेयर बजार प्रति बढ्दो युवा तथा गृहणीहरुको आकर्षणलाइ लक्षित गर्दै राजधानीमा आज एकदिने आधारभुत शेयर तालिमको आयोजना गरिएको छ ।

सामाजीक सञ्जाल मार्फत एकाकार हुँदै विभिन्न मानविय सेवामा समर्पित समूह हामी सक्षम नेपाली र जागरुक युथ नेपालद्दारा आयोजित उक्त तालिममा २ दर्जन भन्दा बढि सहभागीको वीचमा शेयर बजारका जानकार व्यक्तित्व एवम् प्रशिक्षकद्दय संरक्षणा चौधरी,कमल पन्थीले आआफ्नो अनुभव सहित आधारभुत प्रशिक्षण दिएका थिए

तालिमको औपचारिक सत्रमा जागरुक युथका अध्यक्ष किशोर भट्टराई ,महासचिव सन्जिब शाहीलगायतले भोलीका दिनमा यस्ता कार्यक्रमलाइ मोफसलमा समेत आयोजना गर्ने समुहको तयारी रहेको जानकारी दिदै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।