शुक्रबार, चैत्र १६, २०८०

शुक्रवार काङ्ग्रेसको चियापान,१ लाखलाई निम्तो

काठमाडौ कार्तिक १५ , विजया दशमी, दिपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा नेपाली काङ्ग्रेसले शुक्रबार चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ ।  विसं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केपछि विसं २०३५ देखि प्रत्येक वर्ष आयोजना गर्दै आएको यसपटकको चियापान कार्यक्रम विगतमा भन्दा पृथक रुपमा अर्थात केन्द्रीकृत चियापान कार्यक्रमको क्रमभङग गर्दै यसपटक उपत्यका स्तरीय चियापान कार्यक्रममा केन्द्रीय कार्यालयमा र बाँकी ७४ जिल्लामा चियापान कार्यक्रम आयोजना गरेको काँग्रेसले जनाएको छ ।

त्यसस्तै पार्टी मुख्यालय ललितपुरमा आयोजना हुने कार्यक्रममा विभिन्न क्षेत्रका करीब १ लाख व्यक्तिलाइ चियापान  गराउँने तयारी गरेको जनाउँदै काँग्रेसले कार्यक्रममा राजनीतिक दलका नेता, मन्त्रिपरिषद्का सदस्य, सांसद, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका राष्ट्रसेवक, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, पेशागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी, पत्रकार, गैरआवासीय नेपालीका सङ्घ–संस्थाका प्रमुखलगायतका काङ्ग्रेसका सदस्य एवं शुभेच्छुकको सहभागिता रहने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।