बुधबार, बैशाख १२, २०८१

शिक्षासेवी मास्केको निधन, प्रमद्दारा दुःख व्यक्त

काठमाडौ कार्तिक १०,  शिक्षासेवी सीताराम मास्केको आज निधन भएको छ । मस्तिष्कघातका कारण एक महीनाअघि उपचारका लागि अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना हुनुभएका मास्केको आज दिउँसो ३ः३० बजेतिर मस्तिष्कघातका कारण निधन भएको हो ।

नेपाका कार्यकर्ता समेत रहेका मास्केप्रति अन्तिम श्रद्धाञ्जलिका लागि उहाँको शव नेकपाको केन्द्रीय कार्यालय धूम्रबाराहीमा राखिने भएको छ । त्यस्तै उहाँको अन्तेष्टि भने सोमबार मात्र उहाँको छोरा विदेशबाट फर्केपछि हुने परिवार सम्वद्ध स्रोतले जनाएको छ । ६७ वर्षीय मास्केका तीन छोरा र श्रीमती हुुनुहुन्छ ।

यसैवीच प्रधानमन्त्री केपी ओलीले नेकपाका पुराना कार्यकर्ता सीताराम मास्केको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । आज साँझ ट्वीटमार्फत उहाँले स्व मास्केप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवार र आफन्तजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।