शुक्रबार, बैशाख ७, २०८१

शर्मिलाले आत्महत्या गरिन वा सुनियोजित हत्या ? प्रतिक्षा पोस्टमार्टम रिपोर्टको

भारतमा नेपाली चेलीहरुले आत्माहत्या गर्ने क्रम बढ्दो,शर्मिलाले आत्महत्या गरेको नभइ सुनियोजित हत्या भएको दावी

देबेन्द्र केसी / बुटवल असोज २२, गुल्मी कालीगण्डकी गाँउपालिका ,वडा नम्वर ७ सेरेखोला घर भै हाल भारतको राजधानी नयाँ दिल्लीमा कार्यरत नरेश बिकको श्रीमति शर्मिला बिकले नयाँ दिल्ली नजिकै गुडगाँव,पालम बिहार ,सेक्टर २३ ए ब्लक पार्कमा सलको फेरोले पासो लगाई रहस्यमय परिस्थितिमा आत्महत्या गरेकी छिन। 

गत ६ अक्टुवरका दिन राती करिव एघार बजे श्रीमान र दाजुसंग सामान्य भनाभन गरेर निस्किएकी शर्मिला बिक ७ गते बिहान डेरा नजिकैको पार्कको चार मिटर सानो रुखमा झुण्डिएको अवस्थामा फेला परेको नयाँदिल्लीबाट स्थानीय  समाजसेवी टिका बहादुर कार्कीले जानकारी दिएका छन ।  नेपाली जनसम्पर्क समिति भारतका क्षेत्रीय कोषाध्यक्ष समेत रहेका कार्कीले घटना बारे जानकारी दिदै भने पाँच फुट भन्दा अग्ली रहेकी मृतक बिक चार फुटको सानो रुखमा कसरी झुण्डिईन ?  यो आत्महत्या होईन सुनियोजित हत्या भएको बताए ।

त्यसो त १३ बर्षिय छोरा र १० बर्षिय छोरी रहेकी मृतक बिकको आत्महत्या बारे नयाँदिल्लीका अहिलेबिभिन्न संघ संस्थाले छानविनको माग सहित बिरोध गर्ने क्रम सुरु भएको छ। यसैक्रममा नेपाल पत्रकार महासंघ-भारत शाखाका प्रतिनिधि बाबु रोका मगर ,नेपाली देशभक्त आवाज का अध्यक्ष हरि रोका ,अखिल भारत नेपाली एकता समाजका ओम बहादुर खत्री र स्थानिय समाजसेवी बिपना शाहिले घटना रहस्यमयी भएको भन्दै थप अनुसंधानको माग गरेका छन । तर मृतकका श्रीमानले भने आफै झुण्डिएको प्रतिकृया दिदै शव बुझेर दाहसंस्कार गर्नुले घटनालाइ थप रहस्यमयी बनाएको बताइएको छ ।

 बिक आत्माहत्या प्रकरणमा नयाँदिल्लीस्थित सहकर्मी मुकुन्द पौडेलका अनुसार घटना सामान्य परिस्थितिमा गरिएको आत्महत्या जस्तै देखिएको भएपनि पोस्टमार्टम रिपोर्ट पछिमात्र केहि बताउँन सक्ने उल्लेख गरेका छन । त्यसो त पालम  प्रहरी चौकीका ईन्चार्जले समेत रिपोर्टपछि थप कारवाही गरिने प्रतिवद्धता व्यक्त गरेको जनाएका छन ।  स्मरण रहोस दाम,काम र मामको खोजीमा भारतका महानगरमा पुग्ने नेपाली युवायुवतीमा पछिल्लो पटक आत्महत्या गर्ने प्रबृति बढ्दो छ र अहिले सम्म चार जना गुल्मेलीले नयाँदिल्लीमा आत्महत्या गरिसकेका छन।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु