शनिबार, बैशाख ८, २०८१

शरदकुमार गौचनको हत्या प्रकरणका मुख्य योजनाकार नारायणघाटबाट पक्राउ

 काठमाडौ मंसिर १७ , नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या प्रकरणका मुख्य योजनाकार समिरमानसिंह बस्न्यातलाई शनिबार चितवनको नारायणघाटबाट पक्राउ गरेको जनाएको छ ।
ब्युरोले आज आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार बस्न्यातले रुपन्देही युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्या, दावा लामामाथिको गोली प्रहार र निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्याका मुख्य योजनाकार समेत रहेको जनाएको छ ।

प्रहरीका अनुसार गौचनले सञ्चालन गर्दै आएको डाँफे कन्स्ट्रक्सनमा कुमार श्रेष्ठ घैँटे र समिरमानसिंह दुवैको शेयर रहेको र घैँटेको निधनपछि बाँकी रहेको शेयर माग्दा नदिएपछि गौचनको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको त्यस्तै्र वीरगञ्जदेखि विराटनगर जोड्ने हुलाकी मार्गको ठेक्काको कमिशन दुई प्रतिशत मागेकामा गौचनले बेवास्ता गरेपछि हत्या गरिएको अनुसन्धानबाट खुलेको जानकारी दिएको छ ।गौचन हत्यामा हालसम्म अभियुक्तहरु मूख्य योजनाकार समिरमान सिंह बस्न्यात, बसन्त थेवे, धनराज योङहाङ, राजीव स्याङताङ, प्रकाश बुढाथोकी, शिवजी महतो, मुकेशकुमार पाण्डे   र सन्तोष गुरूङ पक्राउ परिसकेका छन् भने अभियुक्तहरू मनोज पुन, लोप्साङ लामा, गंगाप्रकाश लिङदेन, श्यामगोम्बे गुरूङ, अमरबहादुर रानामगर, रोशन बुढाथोकी र अजय थापा फरार रहेका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।