बिहिबार, चैत्र १५, २०८०

शरणामतीका बाढी पिडितलाइ चेलीबेटी ग्रुपको राहत

झापा भाद्र १६, झापाको स्थानिय अर्जुनधाराका महिलाहरुको  समूह  चेलीबेटी ग्रुपले शरणामतीका बाढी पिडितहरुलाई राहत बितरण गरेका छन् । तिज बिशेष 20170831_144118कार्यक्रममा संकलन भएको बाढीपिडित राहत सहयोग रकम आज ए कार्यक्रमकावीच बितरण गरेको हो ।  समूहकी अध्यक्ष रिना शिवाकोटी सहितको समूह सो स्थानमा पुगेर बिपत जोखिम न्यूनिकरण समितिको सहकार्यमा एक परिवार एक बोरा चामल, खाने तेल,झुल तथा तन्ना सहित प्रति व्यक्ति करिब २० हजार मूल्य बराबरको राहत साम्रगीमा बितरण गरिएको  प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

राहत बितरणमा चेली बेटी ग्रुपका सपना कडरिया,हिन्दु खत्री,उर्मिला दाहाल ,संचारकर्मी खगेन्द्र घिमिरे साथै सो समितिका संयोजक घनश्याम तिवारी,लोक वहादुर बस्नेत लगायतको उपस्थिती रहेको थियो ।  यसरी राहत पाउनेहरुमा दिलमाया थापा,कौशिला माझी,बिमला कर्मकार,छोटु मिया,गोपाल कर्मकार,निर्मल कर्मकार,धन वहादुर माझी,सरदार सोरेन रहेका छन । उनीहरुले राहत पाएपछी आफुहरुले केहि समयको लागि बिहान बेलुकाको छाक टार्न सहज हुने प्रतिकृया दिएका थिए ।