काठमाडौं चैत्र ३०, पूर्व श्री ५ ज्ञानेन्द्र शाहले नव वर्ष २०७५ सुभारम्भ को पूर्व सन्ध्यामा शुभकामना सन्देश जारी गर्दै समस्त नेपालीजनमा शुभकामना अभिव्यक्त गर्नु भएको छ । पूर्व राजा शाहद्दारा सरल र सरस भाषामा जारी सन्देशमा एक नेपालीले अर्को नेपाली देख्दा झस्कने या तर्सनु पर्ने परिस्थिति नबनोस् भन्दै शासक र प्रशासकको व्यवहार जनमुखी हुनुपर्नेमा जोड दिनु भएको छ । त्यस्तै हरेक नेपालीको निम्ति स्वदेशभित्र रोजगारीको सुनिश्चितता होस्, वैज्ञानिक एवं जीवनोपयोगी शिक्षाको व्यवस्था होस् र सुलभ स्वास्थ्य उपचारको सुविधा होस् भन्ने कामना गर्नुभएको छ ।
त्यस्तै सन्देशमा उहाँले हाम्रा मौलिक धर्म, संस्कृति र परम्पराविरुद्ध खडा गरिएका चुनौतीहरू अझै शिथिल भइसकेका छैनन् । सबै नेपालीको सपना, स्वाभिमान र आत्मसम्मान सहितको समृद्ध नेपाल हो । विश्वका अधिकांश मुलुकले समुन्नत जीवन बाँचिरहँदा सबै नेपालीले सोही स्तरको जीवन जिउने आकाङ्क्षा राख्नु स्वभाविकै हो । तर, यहाँ शब्द जालको भुलभुलैयामा राखेर अन्ततः राष्ट्रिय अस्तित्व नै क्षतविक्षत तुल्याइने खतरा बढ्दै गएको जनताले महशुस गरेका वर्तमान अवस्था राष्ट्रको यथास्थिति राष्ट्रियता जनताको हार्दिकतासँग गाँसिएको संवेदनशील प्राणतत्व भएको उल्लेख गर्नु भएको
छ । त्यस्तै राष्ट्रको गन्तव्य ‘म’बाट ‘हामी’ अनि ‘मेरो’बाट ‘हाम्रो’ हुनु पर्दछ भन्दै उहाँले देश बनाउन उपयोग गर्नुपर्ने नेपाली हातलाई देश बचाउन उपयोग गर्नुपर्ने वाध्यात्मक अवस्थामा नपुर्याइयोस् भन्दै शब्दजालको भुलभुलैयामा राखेर अन्ततः राष्ट्रिय अस्तित्व नै क्षत विक्षत बनाइने खतरा बढ्दै गएको भन्दै यसतर्फ सचेत बन्न आग्रह गर्नु भएको छ ।
साथै शुभकामना सन्देशमा पूर्व श्री ५ ले भन्नुभएको छ ‘नेपाली दिदीबहिनी तथा दाजुभाइहरू, विक्रम सम्वत् २०७५ को शुभागमनको उपलक्ष्यमा आदर्श र अठोटबाट प्रेरित यो मुलुकको एकीकरण गरी जीवन्त राख्ने ती महान् व्यक्तित्वहरूको स्मरण गर्दै म स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीमा सुख, शान्ति तथा समुन्नतिको लागि शुभकामना प्रदान गर्दछु सन्देशमा भनिएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- कतारका राजा थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता सम्पन्न
- नेपाललाई मेडिकल शिक्षाको हबका रूपमा विकास गर्ने सरकारको तयारी: प्रधानमन्त्री
- आज राति १२ बजेदेखि उपनिर्वाचनको मौन अवधि प्रारम्भ
- कतारी राजा थानी र प्रधानमन्त्री प्रचण्डवीच आज द्विपक्षीय वार्ता हुँदै
- गण्डकी प्रदेश सरकार गठन प्रकरणको रिटमाथि आज पनि सुनवाइ हुँदैं
- आज बैशाख १२: महाभूकम्पका कारण निमेषभरमै देश शोकमग्न भएको त्यो दिन
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान