मङ्लबार, बैशाख ४, २०८१

शनिवारबाट बेलुनमा उडेर पर्यटकीय नगरी पोखराको मनोरम दृश्यावलोकन गर्न पाइने

काठमाडौ कार्तिक ३० , अव ‘हट एयर’ बेलुनमा उडेर धार्मिक, सांस्कृतिक एवं पर्यटकीय नगरी पोखराको मनोरम दृश्यावलोकन गर्न पाइने भएको छ । बेलुन प्रालि नेपालले मंसिर १ गते अर्थात शनिवारको विहानबाट हट एयर बेलुनको व्यावसायिक उडानको थालनी गर्दै यस्तो अवसरको सिर्जना ���र्ने भएको हो ।

राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा प्रालिका सञ्चालक सदस्य प्रवीण महर्जनले दिएको जानकाी अनुसार शनिवार विहान ९ बजे पोखराको लेकसाइडबाट पहिलो उडान शुरु गरिने र पहिलो चरणमा एउटा मात्र उडाउँदै पहिलो उदानमा पहिलो पटक आठ जनाले उडान भर्ने जानकारी दिनु भएको छ । त्यस्तै उहाँले बेलुनको उडान आफैमारोमाञ्चक हुने जानकारी दिदै यसका लागि नेपालीका लागि ११ हजार रुपैयाँ र विदेशीका लागि रु १६० अमेरिकी डलर शुल्क निर्धारण गरिएको बताए।

त्यस्तै पत्रकार सम्मेलनमा सञ्चालक महर्जनले बेलुन उडानको लागि विदेशी दक्ष पाइलटको व्यवस्था गरेको तथा ग्राउण्डह्याण्डलिङका लागि स्वदेशी युवाहरुलाई तालिम दिएर तयार पारिएको बताए । साथै भविष्यमा नेपालीलाई नै तालिम दिई स्वदेशमै हट एअर बेलुन उडानका लागि दक्ष जनशक्ति तयार पार्ने लंक्ष्य रहेको पनि बताए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिरणबाट इजाजत लिई शुरु गर्न लागिएको साहसिक खेलसँगै निकष्ट भविष्यमा ‘हट एयर’ बेलुनबाटै स्काइडाइभ, बन्जी जम्प र हट एयर बेलुनसँग सम्बन्धित अन्य सहासिक कार्यक्रम सञ्चालन गर्दै जाने समेत जानकारी दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।