शनिबार, बैशाख ८, २०८१

वेल्वाली जागे पछि..

pen-copy-gift-150x15022-दीपेन्द्र प्रजापति/बीरगन्ज

शनिवार विहानै सिटी फुक्दै एक हुल वालवालिका सोलखपूर गाउँ नजिकै बाँसघारीतिर लागे ।  उनीहरु कुनै नै खेलकुद कार्यक्रम आयोजना गर्न हिह्डेका होइनन् । उनीहरु साविक वेल्वालाई खुला दिशामुक्त अभियानमा सघाउन निस्केका हुन् । सोलखपूरको बाँसघारी नजिकै पुगे पछि उनीहरुले जोडतोडका साथ एक साथ सिटी बजाए । सिटीको आवाज सुन्ने बित्तिकै त्यही बाँसघारी वरीपरिको काँसघारीमा सौच गर्नपुगेका मान्छेहरुको भागदौड चल्यो । भाग्नेहरुमा धेरै पूष थिए भने ३ जना जति महिला थिए ।
घरमा सौचालय भएर पनि सार्वजनिक र खुला स्थलमा सौच गर्न पुगेका उनीहरु मध्ये केहीलाई वालवालिकाले आइन्दा खुला स्थानमा दिशापिसाव नगर्न पनि सम्झाए । यस्तो अभियान वेल्वाको नेकतोला, मीलन चौकलगाउतका स्थानमा सन्चालन गरिएका थिए । स्थानीय सामाजिक परिचालक आरती पन्जियारका अनुसार साविक वेल्वामा बालमैत्री स्थानीय शासन अवलम्बन गरिएको हुँदा सरसफाई सम्बन्धी सूचक पुरा गर्न वालवालिकाको सहयोगमा यस्तो अभियान थालिएको हो । वालवालिकाहरुले हरेक शनिबार यस्तो अभियान चाले पछि खुला दिशामुक्त वडा बनाउन सफल भएको र यसले बालमैत्री शासनलाई सहयोग गरेको जानकारी दिइन् । कुनै पनि स्थानीय तह बालमैत्री बन्नका लागि सरसफाई सम्बन्धी सूचक पुरा भएको हुनु पर्दछ । यसमा पनि हरेक घरमा सौचालय हुनु अनिवार्य छ भने चर्पी गए पछि, खाना खान अगाडि, वालवालिकाको दिशा धोए पछि अनिबार्य रुपमा सावून पानीले हात धुएको हुनु पर्दछ । यसरी सरसफाईको सूचक पुरा भएन भने बालमैत्री शासन घोषणामा बाधा पुग्छ ।

तराई मधेशका स्थानीय तहमा बालमैत्रीका अन्य सूचक पुरा गराउन सफल भए पनि सरसफाई र खास गरेर सौचालयको प्योगका बारे जनचेतना जगाउन गाह्रो भएको स्थानीयहरु बताउँछन् । यही चुनौतिपूर्ण अवस्थालाई ख्याल गरेर बाल क्लवहरुको अगुवाईमा यस्तो अभियान चालिएको वडा सचिव अनिल सुवेदी बताउँछन् । हाम्रो सबै सूचक पुरा भई सक्उो, यही खुला दिशामुक्त अभियान पुरा गराउन कठीन भएकाले सबै प्कारका उपायबाट जनचेतना जगायन लागिरहेका छौ । जिल्ला समन्वय सािति पर्साका सामाजिक विकास अधिकृत शम्भू कुशबाह बेल्वामा बालमैत्री स्थानीय शासन घोषणका लागि पय धेरै सूचक पुरा भएको बताउँदै बेल्वालाई यहाँसम्म ल्याउनका लागि धेरैको योगदान रहेको बताए । बालमैत्री स्थानीइ शासन भनेको समृद्ध समाजको संकेत हो । समाज परिवर्तनमा एकजना वा एक समूहको मात्र योगदानले नपुग्ने बताउँदै ती सबै योगदानको अभिलेखीकरण जरुरी रहेको उहाँको ठम्याई छ । भन्छ् ुला दिशामुक्त अभियानलाई पुरा गराउन वालवालिकाले सघाए भने हरेक घरधुरीले ुकारात्मक भएर योगदान दिए । खोला र खोल्छामा दिशा गर्ने हाम्रो परम्पराका कारण खानेपानी दुषित बन्ने, बिभिन्न प्रकारका रोगको संक्रमण बढ्ने अनि सबै भन्दा बढी रोगको हिकार मलिा तथा वालवालिका हुने भएकाले यस भेगमा सरसफाईलाई जोड दिएका हौ ।

उनले समस्याको फेहरिस्त सुनाउँदौ वेल्वामा बालविवाह अर्को समस्या भएको हुँदा वालविबाह बिरुद्ध सहकारीका दिदी बहिनीहरुले योगदान उच्च रहेको स्मरण गरे । समाजको रुढीग्रस्त परम्परा र सामाजिक मान्यता तोड्न सहकारीको भूमिका स्तुत्य रहेको प्रसंग कोट्यायँदै बाल विाह वेल्वामा करीव करीव रोकिएको बताए । आगामि अशौजमा बालमैत्री स्थानीय शासन घोषणा गर्ने तयारी गरी रहेको वेल्वामा स्थानीय तहको निर्वाचनका कारण केही पर धकेलिएको उनको भनाई थियो ।
लगनशील बहुउदेश्य सहकारी संस्थाकी अध्यक्ष शोभा भट्टले सानैमा बिबाह गर्ने प्रचलनले किहोरी तथा महिलाको जीवन बर्बाद भएको कथा सुनाउँदै समाजमा अझै पनि लुकीछिपी बाल विवाह हुने गरेको प्रसंग सुनाइृन् । उनी भन्दै थिइृन एक जना बालिकाकोको सम्पूर्ण जीवन चक्रमा असर पर्छ । बाल संरक्षण समितिका संयोजक केशव मोहनभण्डारीले पनि बाल विबाहले वालवालिका मात्र नभएर समग्र महिलामा समस्या आइ पर्ने भन्द्यै यस कार्यमा राजनीतिक दल, नागरिक समाज, प्रहरी र प्रशासनले चनाखो भएर अझै हेर्नु पनृ बताए । उनको थप भनाई थियो बाल श्रमलाई पनि हामीले बिर्सनु हुन्न । विगतको तुलनामा बालबालिका बिरुद्ध हिंसा नभए पनि बाल हिसालाई सूनयमा लैजानु पर्ने बताए । जिल्ला बाल कल्याकारीणी समितिका बाल संरक्षण अधिकृत सावित्रि कुमारी भण्डारी पनि वेल्वामा आम नागरिकको सचेतनाले आमुल परिबर्तन ल्याएको तर्क गर्दै जनता जागे पछि समाज परिबर्तन हुन्छ भन्ने नमूना वेल्वामा देर्खिको बताइन् ।

—साभारः बालमैत्री स्थानीय शासन मीरेष्ट लेखमाला