शुक्रबार, बैशाख १४, २०८१

वेडिङ फोटो अवार्ड महर्जनलाइ

काठमाडौं असोज ४ , फोटोग्राफर संघद्वारा राजधानीमा आयोजित निकोन केपिए वेडिङ फोटो अवार्ड २०१८ मा काठमाडौंको टेकुका सानुकाजी महर्जन प्रथम भएका छन्।   हर्जनले पुरस्कारस्वरुप निकोन डि ८१० क्यामेरा प्राप्त गरेका छन्। छैठौं संस्करणको प्रतियोगितामा चितवनका रामजी नेपाल द्वितिय र काठमाडौंका अनिस खड्गी तृतिय भएका छन्। द्वितिय र तृतिय हुने विजेतालई निकोन डि ७२०० र निकोन डि ३४०० क्यामरा पुरस्कार प्रदान गरिएको छ।

काठमाडौं उपत्यकामा सवै किसिम र तहका फोटो व्यवसाय गर्ने फोटोग्राफरहरुलाई एउटै सांगठनिक छाता मुनि आवद्ध गराई हरेक क्षेत्रमा परस्पर सहयोग, सद्भाव र भाइचाराको भावना विकास गरी पेशागत स्तर माथि उठाउन कोशिस गर्ने उद्देश्यले स्थापित संघले छैटौंपटक वेडिङ फोटोग्राफरहरुका क्षमतालाई खुला प्रतिस्पर्धाका रुपमा उतार्ने प्रयासस्वरुप अवार्ड आयोजना गरिएको संघका अध्यक्ष भवदेव थापाले जानकारी गराए।

प्रतियोगितामा देशका बिभिन्न शहरबाट करिब १५ शय फोटोहरु समाबेश भएकामध्ये एक सय उत्कृष्ट फोटोहरु छनौट भएका छन्। ८९ बर्षीय बयोबृद्ध फोटोग्रफर बखतबहादुर चित्रकारको प्रमुख आतिथ्यता तथा काठमाडौं फोटोग्रफर संघका अध्यक्ष भवदेव थापाको सभापतित्वमा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न कार्यक्रममा अवार्डका संयोजक जीवनाथ काफ्लेले सहभागी फोटोग्राफर उनीहरुको फोटोका बारेमा संक्षिप्त जानकारी गराएका थिए। उनले एकैप्रकारका धेरै फोटोहरु समावेश भएको र बिदाइ नै विवाहको मुख्यपाटो हो भन्ने जस्तो देखिएको बताए।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।