बिहिबार, बैशाख ६, २०८१

वीरता जेसीजको निःशुल्क स्वास्थ्य शिविर

बिर्तामोड माघ १५,  गत शुक्रबारबाट शुरु भएको बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव स्थलमा वीरता जेसीजको आयोजनामा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

महोत्सव अवलोकनकर्ताको सुविधालाई ध्यानमा राख्दै महिला सामुदायिक स्वास्थ्य केन्द्र बुधबारे, मनमोहन अस्पताल बिर्तामोड, बीएण्डसी अस्पताल बिर्तामोड र ओम झापा मेडिकल बिर्तामोडको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको वीरता जेसीजका अध्यक्ष विशाल थापालाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै समाचारमा शिविरमा एक सय १० जना उच्च रक्तचाप, मधुमेह र हाडजोर्नी नशा सम्बन्धीका विरामीहरुको स्वास्थ्य परीक्षण गरिएको
शिविरमा महिला सामुदायिक स्वास्थ्य केन्द्र बुधबारेका डा. भुवन थापा तथा नमिता मेचे, प्रेमा राई, पुजन राई, सागर राजवंशी, ओम न्यौपाने लगायतको टोलीले विरामीहरुको स्वास्थ्य परीक्षण गर्नुभएको जनाईएको छ ।

त्यस्तै प्रस्तुत कार्यक्रम वीरता जेसीजका अध्यक्ष विशाल थापाको अध्यक्षता तथा इप्रका बिर्तामोडका प्रहरी नायव उपरीक्षक सुवास खड्काको प्रमुख आतिथ्यमा सम्पन्न हुनको अलावा बिर्तामोड अन्तर्राष्ट्रिय व्यापार महोत्सव मुल आयोजक समितिका संयोजक प्रकाश शिवाकोटी डा. भुवन थापा, डिएसपी सुवास खड्का लगायतले शुभकामना मन्तव्य अभिव्यक्त गर्नुभएको उल्लेख गरिएको छ

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।