शुक्रबार, बैशाख १४, २०८१

विहिवारबाट वाइसीएलले एक महिने खबरदारी अभियान सञ्चालन गर्ने

   काठमाडौं जेठ २ , नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाइसीएल)ले विहिवारबाट चुनावी प्रतिबद्धता अभियानमा सहभागी बनौं, अमुल्य मतदान गरेर जिताएकालाई निगरानी गरौं’ भन्ने मूल नाराका साथ एक महिने खबरदारी अभियान सञ्चालन शुरु गर्ने भएको छ ।

 देशव्यापी    रुपमा हुने यो अभियान काठमाडौं महानगरपालिका र काठमाडौंकै तार्केश्वर नगरपालिकाबाट शुरु हुनेछ ।
स्थानीय तहको निर्वाचन भएको एक बर्ष बितिसक्दा पनि जनप्रतिनिधिले स्थानीय माझ प्रतिबद्धताहरु अहिलेसम्म पनि पूरा नगरेकाले खबरदारी अभियान सञ्चालन गर्नुपरेको वाइसीएलका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले जानकारी दिनु भएको छ।   अध्यक्ष शिखाका अनुसार जेठ ३ देखि एक महिनासम्म अभियान सञ्चालन हुनेछ । ‘गत बैशाख ३१ गते ऐतिहासिक स्थानीय निर्वाचन भयो तर एक बर्ष बितिसक्दा पनि जनप्रतिनिधिको बाचाहरु अपुरै छ’ उनले भने एक बर्षसम्म जनताले परिर्वतनका महसुस गर्न नपाएकाले खबरदारी अभियान सञ्चालन गरेका हौं ।’

त्यस्तै महासचिव सुबोधराज शेर्पालीका अनुसार ‘हामी सधैं जनताकै साथमा थियौं र छौं पनि’ शेर्पालीले भने ‘जनताको हरेक दुःख, सुखमा वाइसीएल साथ दिने बताए   ‘जनप्रतिनिधिले के प्रतिबद्धता गरेका छन्, अहिलेसम्म के–के पूरा भयो, के–के बाँकि छन् हामी झकझकाउँछौं’ वाइसीएलका प्रचार विभाग प्रमुख पुष्प ओलीले भने । उनकानुसार यो अभियान देशभर नै सञ्चालन गरिनेछ । हरेक स्थानीय तहमा जिल्ला वाइसीएलले ज्ञापनपत्र दिने, अनियमितता पर्दाफास गर्ने र जनप्रतिनिधिको ध्यानाकर्षण गराउनेजस्ता कार्यक्रम हुने बताए ।

त्यस्तै खबरदारी अभियानसँगै वासीएलले ‘तीन दिन, तीन रात, तीन छाक–वाइसीएलको अभियान जनताको साथ’ भन्ने मूल नाराका साथ अभियान सञ्चालन गरेको छ । जसअन्तर्गत प्रत्येक वाइसीएल कार्यकर्ता जनताको घरमै खाने र बस्ने गर्नेछन् । यो अभियानले जनतासँगको सम्बन्धमा प्रगाढ ल्याउने वाइसीएलको विश्वास लिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।