शनिबार, बैशाख ८, २०८१

विश्व मधुमेह दिवसको अवसरमा भक्तपुरमा लायन्सको सचेतनामुलक र्याली

भक्तपुर कात्तिक २८,  आज विश्व मधुमेह दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । सन् १९९१ देखि मनाउन थालिएको यो दिवसका अवसरमा मधुमेह रोग सम्बन्धी जनचेतना जगाउन विभिन्न सचेतनामुलक कार्यक्रम गरिदै आइएको छ । यसैक्रममा आज लायन्स क्लव अफ इन्टरनेशनल 325 A2  MD ,325 नेपालको आयोजना तथा लायन्स क्लव सेवा समन्वय समिति भक्तपुरको समन्वयमा वृहत सचेतना र्याली सहित अन्र्तक्रिया र निशुल्क मधुमेह परीक्षण शिविर कार्यक्रमको आयोजना गरिएको छ ।

उक्त सचेतना र्यालीमा भक्तपुरस्थित विभिन्न लायन्स क्लव सहित काठमाडौं, ललितपुरका ५०  भन्दा बढि लायन्स क्लवको सहभागिता रहको भक्तपुरका चिफ एरिया कोअर्डिनेटरले जानकारी दिनु भएको छ । त्यस्तै अल्का अस्पताल, डा इवामुरा अस्पतालर भक्तपुर हार्ट एण्ड डायविटिज सेन्टरको सहकार्यमा क्रमस टौमधी, दरवार स्क्वायर र दतात्रय स्क्वायरमा नि:शुल्क मधुमेह शिविरको समेत आयोजना गरेको बताए ।
यसअघि सचेतना र्यालीले भक्तपुरको भित्री शहर परिक्रमा पछि आयोजित मधुमेह सम्बन्धी अन्र्तक्रिया डा.अंशुमाली जोशीले मधुमेह सम्बन्धी सचेतनामुलक   प्रवचन दिनु भएको थियो ।  स्मरण रहोस लायन्स क्लव अफ इन्टरनेशनलले मधुमेहलाइ आफ्नो प्रमुख एजेन्दा बनाएको छ ।

मधुमेह उपचारका लागि प्रयोग गरिने इन्सुलिन बनाउन महत्वपूर्ण भूमिका खेलेका वैज्ञानिक फ्रेड्रिक व्यान्टिङको जन्मदिनको सम्झनामा हरेक वर्ष १४ नोभेम्बरमा मनाउने गरिएको यो दिवसको अवसरमा विश्व स्वास्थ्य संगठनले आफ्नो पछिल्लो आंकडामा विश्वभर ३५ करोडभन्दा बढी जनसंख्या मधुमेहको खतरामा रहेको जानकारी दिदै नेपालमा भने करिब १० लाख मानिस मधुमेह रोग बाट प्रताडित रहेको जनाएको छ । यस अर्थमा पनि  मधुमेहवाट बच्न बचाउँन आश्यक उपाय अवलम्वन गर्न जरुरी रहेको भन्दै यसको लागि मुलत दैनिक खानपानमा ध्यान दिने, नियमित ब्यायाम गर्ने, तनावमुक्त जीवनशैली अपनाउने गर्दा मधुमेहबाट बच्न सकिने चिकित्सकहरुले सुझाएका छन ।

कार्वोहाइडेटको मात्रा बढिभएको खाना,चिल्लो र गुलियो पदार्थ बढि हुँदा पनि मधुमेहको संभावना हुने जनाउ दिदै चिकित्सकहरुले मधुमेहका बिरामीले हेलचक्र्याइँ गर्दा मिर्गौला खराब हुने, पक्षघात, अन्धोपन तथा खुट्टा काट्नुपर्नेसम्मका अवस्था आउने समेत बताए।

कार्यक्रममा लायन्स क्लवका मल्टीपल चेयर परर्सन डिआर अनाल डिष्ट्रिक गभर्नर सुर्दशनधर प्रधानाङग  फस्ट भिपी शोभा जोशी , सेकेण्ड भिपी डा .शुसिला मल्ल डिस्ट्रिक क्याविनेट ट्रेजर लायन विधान जोशी, एमजेएफ कृष्ण ज्योती शाक्य, लायन्स सुन्दर कोण्डा  लगायत लायन्सका विभिन्न तह र तप्काका पदाधिकारीको उपस्थिती रहेको प्रस्तुत कार्यक्रममा यस अनलाइनले मिडिया पार्टनरको भूमिका निर्वाह गरेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।