शुक्रबार, बैशाख ७, २०८१

प्राडा केसीको समर्थनमा सरकार विरूद्ध जुम्लाबाट आन्दोलनको शंखघोष

फाइल फोटो

 चिकित्सकहरुद्वारा आकस्मिक बाहेकका स्वास्थ्यसेवा ठप्प

काठमाडौ असार १९,   समग्र चिकित्सा शिक्षा क्षेत्रको विकृतिविरुद्ध एवम् त्यसको सुधारका लागि लामो समयअघिदेखि लडिरहेका प्राडा गोविन्द केसीको जिल्ला प्रशासन कार्यालय जुम्लाको कभर्डहलमा जारी पछिल्लो आमरण अनसनसहितको आन्दोलनप्रति ख समर्थन जनाउँदै कर्णाली स्वास्थ्य प्रतिष्ठानसहित कर्णाली प्रदेशका चिकित्सकहरुले आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । आमरण अनसनका कारण डा केसीको विग्रदो स्वास्थ्यस्थिती प्रति समेत राज्यका सरोकारवाला निकायले वेवास्ता गरेपछि स्थानीयवासीसहित चिकित्सकहरु आन्दोलित भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

यसैक्रमम जुम्लाको सदरमुकाम खलंगामा आज स्थानीयहरुले अर्धनग्न जुलुस प्रदर्शन गरेका छन भने चिकित्सक संघले डा. केसीलाई सुविधा–सम्पन्न अस्पतालमा स्थानान्तरण गर्न जिल्ला प्रशासन कार्यालयलाई यसहभिनै २४ घन्टे अल्टिमेटम  दिएको थियो ।

त्यस्तै नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतलाइ उदृत गर्दै प्राप्त समाचारमा चिकित्सा शिक्षा क्षेत्रको विकृतिविरुद्धको लडाइ लड्दै आउँनु भएका डा केसी को पछिल्लो अवस्थाप्रति सरकारले वेवास्ता गरेको जनाउ दिदै सरकार संविधानप्रदत जनताको अधिकार कुण्ठित पार्ने प्रयासमा रहेको आरोप लगाएका छन ।  अहिले आमरणअनसनमा रहनु भएका डा केसीको स्वास्थ्य निकै कमजोर बन्दै गएको र मुटुको ढुकढुकी बढ्ने, छाती दुख्ने, रिंगटा लाग्ने, हातखुट्टा बाउँडिने, सुन्निने, टाउको दुख्ने समस्या देखिएको वानकारी दिनु भएके छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु