शनिबार, बैशाख ८, २०८१

विश्वकप फुटबल: मेक्सिकोसंग पराजित जर्मनीको लागि आजको खेल दवावपूर्ण

  शुक्रवारको खेलमा नाईजेरियासंग आईसल्यान्डलाई २–० ले र स्विट्जरल्याण्डसंग सर्विया २–१ले पराजित

काठमाडौं असार ९,   विश्वकप फुटबल अन्र्तगत आज हुने खेलमा क्रमम  समूह ‘जी’को खेलमा पानामालाई ३–० ले पराजित गर्न सफल बेल्जियम र ट्युनिसिया त्यस्तै दक्षिण कोरिया र मेक्सिको र जर्मनी र स्वीडेनवीचको खेल हुनेछ । यसअघिको पहिलो खेलमा दक्षिण कोरियालाई स्वीडेनले १–० ले पराजित गरेको थियो भने मेक्सिकोले जर्मनीलाई १–० ले पछि पारेको थियो ।

आजको खेलमा मुलत सवैभन्दा दवाव मेक्सिकोसँग पराजित भएकै कारण जर्मनी लाइ रहेको छ । आजको खेलमा जर्मनीले स्वीडेनलाइ जित्न सकेन भने जर्मनीको अन्तिम १६ को यात्रामा धक्का लाग्ने प्राय निश्चित रहेको छ । त्यस्तै यसवीचमा स्वीडेनको आजको प्रयास कुनै पनि हालतमा जर्मनीलाइ रोक्नेनै रहेका देखिन्छ ।

यसैवीच शुक्रवार भएको दोस्रो खेलमा नाईजेरियाले आईसल्यान्डलाई २–० ले र स्विट्जरल्याण्डले सर्वियालाइ २–१ले पराजित गरेकोछ । त्यस्तै नाईजेरियाले आईसल्यान्डलाई हराएसंगै अर्जेन्टिनालाई पनि राहत मिलेको छ ।

समूहचरणको अन्तिम खेलमा आगामी मंगलबार नाईजेरिया र अर्जेन्टिना तथा आईसल्याण्ड र क्रोएसियावीचको खेल हुनेछ । जुन खेल  क्रममा लगातार दुईवटा खेलमा विजयीबन्दै क्रोएसिया नक आउट चरणमा पुगिसकेको छ भने अर्जेन्टिनाका लागि भने नाईजेरियालाइ जित्नै पर्ने वाध्यता कायम भएको छ । खेलमा यि दुइ टिम मध्ये जिते ४ अंक सहित होइन भने १ अंकसहित तेस्रो र चौथो स्थानमा रहेका आइसल्याण्ड र अर्जेन्टिनामध्ये एक टोली नक आउट चरणमा पुग्नेछन् ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।