बिहिबार, बैशाख १३, २०८१

विश्वकप फुटबल : आयोजक राष्ट्र रुस- साउदी अरेबियाविरुद्ध ५–० फराकिलो अन्तरमा विजयी

आज ईजिप्ट र उरुग्वे , मोरक्को र ईरान भिड्दा राति पौने १२ बजे स्पेन र पोर्चुगलवीचको खेल हुने

 काठमाडौ असार १, विश्वकप फुटबल अच्र्तगत उद्घाटनसत्रको पहिलो खेलमा खेलमा आयोजक राष्ट्र रुसले साउदी अरेबियालाई ५–० ले पराजित गर्दै शानदार विजयी सुरुवात गरेको छ । खेलको १२ औं मिनेटमानै आयोजक राष्ट्र रुसले साउदी अरेबिया विरुद्ध पहिलो गोल गर्दै दिलाइको अग्रता अन्तत दोस्रो हाफमा इन्जुरी समयमा पाएको फ्रि किक प्रहारमा अलेक्जान्डर गोलोभिनले  गरेको निकै आकर्षक गोल पछि    ५–० ले  फराकिलो अन्तरको  पराजितमा  रुपान्तरण भएको थियो । रुसले समूह चरणको दोस्रो खेल आगामी मंगलवार ईजिप्टसँग हुने  भएको छ । 

यसैवीच विश्वकप फुटबलमा आज ३ खेल हुनेछन् । समूह ए को दोस्रो खेलमा आज ईजिप्टले उरुग्वेको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार आज साँझ पौने ६ बजे सुरु हुनेछभने त्यस्तै समूह बी का दुई खेल हुनेछन् । बेलुकी पौने ९ बजे मोरक्को र ईरान भिड्दा राति पौने १२ बजे स्पेन र पोर्चुगलवीचको खेल हुनेछ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।