बुधबार, बैशाख १२, २०८१

विश्वकप फुटबल: आज इङ्ल्यान्डले पानामा , जापानले सेनेगल र पोल्याण्डले कोलम्बियासंग भिड्ने 

काठमाडौं असार १० , विश्वकप फुटबल अन्र्तगत आज हुने तीन खेलमा क्रमस नेपाली समय अनुसार साँझ पौने ६ बजे समुह जीबाट इङ्ल्यान्ड र पानामावीचको खेल हुनेछ   ।
इङ्ल्यान्डले यसअघि पहिलो खेलमा ट्युनिसियालाई पराजित गरेको थियो । त्यस्तै पौने ९ बजे जापान र सेनेगल र राति पौने १२ बजे पोल्याण्ड र कोलम्बियावीचको खेल हुनेछ ।  जापानले पहिलो खेलमा कोलम्बियालाई तथा सेनेगलले पोल्याण्डलाई हराएका थिए ।

यसैवीच शनिवार राती भएको खेलमा स्विडेनलाई हराउँदै जर्मनीले रुसमा जारी विश्वकप फुटबलमा पहिलो जित हात पारेको छ ।  खेलको ३२ औं मिनेटमा स्विडेनलाई सुरुवाती अग्रता लिएपछि ४८ औं मिनेटमा जर्मनीको तर्फबाट पहिलो गोल र खेलको ईन्जुरी समयमा जर्मनीको तर्फबाट भएको अर्कोगोल संगै जर्मनी विजयी भएको हो ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।