मङ्लबार, बैशाख ११, २०८१

विराटनगरमा अवैध हतियार खरिद गर्दागर्दैको अवस्थामा तीनजना भारतीय नागरिक पक्राउ

 कठमाडौं पौष २१, जिल्ला प्रहरी कार्यालय मोरङले अवैध हतियार खरिद बिक्री एवं ओसारपसारमा संलग्न तीनजना भारतीय नागरिकलाई हतियारसहित पक्राउ गरेको छ । बाबा  सिनेमा हल नजिकबाट हतियार खरिद बिक्री गर्दागर्दैको अवस्थामा निजहरुलाई पक्राउ गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  यसरी पर्नेमा भारत विहारको अररिया जिल्लाको सीमावर्ती वजार जोगवनी –१२ का ३३ वर्षीय दलवल तिवारी, २१ वर्षीय राजीवकुमार झा र वर्ष ४२ को अभिजित चौधरी रहेको प्रहरीले जनाएको छ ।