शनिबार, बैशाख ८, २०८१

विमानमा सवार यात्रु मध्ये ४९ जनाको मृत्यु , २२ घाइते, घाइते अधिकांशको अवस्था गम्भीर: नेपाल प्रहरी

दुर्घटनाका सम्बन्धमा सरकारले तत्काल छानबिन आयोग गठन गर्ने:   प्रधानमन्त्री ओली

काठमाडौं फागुन २८ ,बंगलादेशको राजधानी ढाकाबाट आएको विमान अवतरण गर्नेक्रममा विमानस्थलमा भएको दुर्घटनाको क्रममा अहिलेसम्म विमान सवार यात्रु मध्ये ४९ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार ४० जनाको विमानस्थलमै र ९ जनाको उपचारका क्रममा केएमसी अस्पतालमा मृत्यु भएको जनाएको छ ।

 त्यस्तै ४   चालकदलका सदस्य सहित ३३ जना नेपालीयात्री र ३४  जना विदेशी यात्री सवार रहेको थियो । यसमध्ये घाइते  २२ यात्रुको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । १६ जनाको केएमसीमा, चारजनाको नर्भिकमा तथा ग्रान्डी र ॐ अस्पतालमा जनाको उपचार भइरहेको जनाउँदै यसमध्ये पनि अधिकांशको अवस्था गम्भीर रहेको जनाइएको छ ।  दुर्घटनाको सवालमा प्राप्त पछिल्लो जानकारी अनुसार विमान अवतरण गर्नेक्रममा ‘ओभरसुट’ भइ पूर्वतर्फको खोंचमा खसेर दुर्घटना भएको र लगत्तै विमानमा आगो लागेको थियो ।

यसैवीच प्रधानमन्त्री केपी ओलीले युएस बंगलाको विमान दुर्घटनाका सम्बन्धमा सरकारले तत्काल छानबिन आयोग गठन गर्ने बताउँनु भएको छ ।  विमानस्थलमा घटनाको अवस्था बुझ्न पुगेका प्रधानमन्त्री ओलीले पत्रकारसँग सरकारले उद्धार र अन्य कामका लागि गर्नुपर्ने सबै प्रबन्ध गर्ने बताउँदै घटनाको छानबिनका लागि तत्काल आयोग गठन हुने जानकारी दिनु भएको हो । साथै घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले मृतक परिवारप्रति समवेदना व्यक्त गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।