शनिबार, बैशाख ८, २०८१

विभिन्न जिल्लामा मतगणनाको परिणाम प्राप्त हुने क्रम जारी , वाम गठबन्धनको अग्रता

 मनाङ  प्रतिनिधिसभामा एमालेका  पोल्देन छेपाङ गुरुङ र प्रदेशसभा क मा नेपाली काँग्रेसका  उम्मेदवार चिन्तबहादुर घले र ख मा स्वतन्त्र उम्मेदवार दिपक मनाङ्गे निर्वाचित  

काठमाडौ मंसिर २२,   गत मंसिर १० र २१ गते सम्पन्न पहिलो तथा दोस्रो चरणको प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाको पछिल्लो विवरण प्राप्त हुने क्रम जारी रहेको छ । यो समाचार तयार पार्दा सम्म प्राप्त जानकारी खनुसार वाम गठबन्धनको उम्मेदवारको अग्रता निकै अगाडि रहेको छ । जसअनुसार बैतडीको मतगणना अनुसार एमालेका दामोदर भण्डारी काँग्रेस उम्मेदवार नरबहादुर चन्द भन्दा निकै अगाडि रहेको छ भने प्रदेशसभामा पनि वाम गठबन्धनले नै अग्रता कायम गरेको छ ।

त्यसैगरि म्याग्दीको प्रतिनिधिसभामा र प्रदेशसभामा समेत गठबन्धनै अग्रता रहेको छ । त्यस्तैगरि हिमालपारिको जिल्ला भनिने मनाङमा प्रतिनिधिसभामा एमालेका  पोल्देन छेपाङ गुरुङ र प्रदेशसभा कमा नेपाली काँग्रेसका  उम्मेदवार चिन्तबहादुर घले र खमा स्वतन्त्र उम्मेदवार दिपक मनाङ्गे निर्वाचित भएका छन् ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।