शुक्रबार, बैशाख १४, २०८१

विभिन्न जिल्लामा पहिलो चरणको निर्वाचनको मतगणना कार्य शुरु

काठमाडौ मंसिर २१ , गत मसिर १० गते पहिलो चरण अन्र्तगत भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएका ३२ जिल्लामध्ये केही जिल्लामा आज साँझ पाँचबजेदेखि मतगणना शुरु भएका समाचारहरु प्राप्त भएका छन् ।  बैतडी र बाजुरामा मतगणना कार्य शुरु भएको सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृतलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  त्यस्तै जिल्ला निर्वाचन कार्यालयकाअनुसार सिन्धुपाल्चोक, रसुवा, म्याग्दीमा पनि  मतगणना सुरु भएको थाहा भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।