शनिबार, बैशाख ८, २०८१

विपीको मेलेमिलाप सिद्धान्तको सान्दर्भिकता दिनानुदिन बढ्दो :नेता सिंह

काठमाडौ पुस १६,  ४३ औ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमापर्सा काङ्ग्रेसले आयोजना गरेको कार्यक्रमलाइ सम्बोधन गर्दै गर्दै नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले विपी कोइरालाको मेलेमिलापको सिद्धान्तको सान्दर्भिकता अहिले अझै बढेको बताउनुभएको छ ।

त्यस्तै उहाँले विपीको मेलमिलापको नीतिका आधारमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै जनतालाई अधिकार सम्पन्न बनाउने काममा सबै दल मिल्न जरुरी रहेको बताउनुभएको छ ।

कार्यक्रममा काङ्ग्रेस पर्साका सभापति अजयकुमार द्विवेदी र विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताले जनतालाई अधिकार सम्पन्न बनाउने विषयमा सबै दल एक हुन आवश्यक रहेको जनाउ दिदै मेलमिलाप दिवसको आवश्यकता औचित्यमाथि प्रकाश पार्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।