शनिबार, बैशाख ८, २०८१

विपन्न २० जनालाई निःशुल्क कम्प्युटर शिक्षा

बिर्तामोड मंसीर १२ , वीरता जेसीज र बिर्तामोड एजुकशेन फाउण्डेशन (बीईएफ)को सहकार्यमा सञ्चालित विपन्न परिवारका २० जना विद्यार्थीलाई ६ महिने निःशुल्क कम्प्युटर कक्षाको बुधबार समापन गरिएको छ । वीरता जेसीजको सचिवालयमा आयोजित उक्त कार्यक्रममा कम्प्युटर शिक्षा कक्षामा सहभागी विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा बिर्तामोड एजुकेशन फाउण्डेशनका सञ्चालक तथा निर्देशक राज कार्कीले जेसीजसँग सहकार्य गरी विपन्न विद्यार्थीलाई गुणस्तरीय शिक्षाका लागि कम्प्युटर शिक्षा प्रदान गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले आगामी दिनमा पनि सहकार्य र सहयोगका साथ अघि बढ्ने उद्घोष समेत गरेका छन ।
वीरता जेसीजका अध्यक्ष एकराज गिरीले दिगो विकासको लक्ष्य प्राप्तिमा टेवा पुर्याउन गुणस्तरीय शिक्षाका लागि निःशुल्क कम्प्युटर कक्षा सञ्चालन गरिएको बताए ।  प्रशिक्षार्थी मध्येबाट विवेक भण्डारीले कम्प्युटर शिक्षा प्रभावकारी भएको र आफ्नो जीवनका लागि उपयोगी हुने बताए । पत्रकार महासंघ झापा शाखाका सहसचिव केशव भट्टराईले वीरता जेसीजको रचनात्मक गतिविधिको प्रशंसा गर्दै कम्प्युटर शिक्षा लिएका विद्यार्थीलाई उक्त सिप आफ्नो जीवनमा उपयोग गर्न सुझाव दिए ।

गत जेठ ३० गते झापा, इलाम र पाँचथरका २० जना विपन्न परिवारका विद्यार्थीका लागि निःशुल्क कम्प्युटर शिक्षा कक्षाको शुरुवात भएको थियो । विद्यार्थीले रोजेकै कोर्षमा शिक्षा प्रदान गरिएको थियो । कम्प्युटरको आधारभूत कोर्ष, ग्राफिक्स डिजाइनिङ, एकाउन्टिङ प्याकेज, कप्म्युटर अपरेटर, हार्डवेयर एण्ड नेटवर्किङ सम्बन्धी कोर्षमा विद्यार्थीले शिक्षा ललिएको प्राप्त समाचारमा उल्ल्ेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।