बिहिबार, बैशाख १३, २०८१

विपद् व्यवस्थापन कार्यक्रममा युवा स्वयम् सेवकको योगदान महत्वपूर्ण: अध्यक्ष शाक्य

ललितपुर असार १७ , ललितपुर महानगरपालिका वडा नं. १६ को आयोजनामा शनिवार युवा तथा स्वयम् सेवक भेला कार्यक्रमको आयोजना गरिएको छ ।  ललितपुर महानगरपालिका वडा नं. १६ का अध्यक्ष निर्मल रत्न शाक्यको प्रमुख आतिथ्यतामा भएको उक्त भेलालाइ सम्बोधन गर्दै अध्यक्ष शाक्यले महानगरपालिकाको विपद् व्यवस्थापन कार्यक्रमका लागि युवा तथा स्वयम् साथीहरुले देखाएको सक्रिय सहभागिताको तारिफ गर्दै धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

साथै उहाँले आगामी दिनमा पनि युवाहरुको सक्रिय सहभागिताको अपेक्षा राख्दै युवा सहभागिताबाट नै सामाजिक विकास, आर्थिक विकास सम्भव हुने भन्दै यसको लागि भएको आवश्यक सहयोग गर्न नगरपालिका हरदम तत्पर रहको बताउनु भएको थियो ।

त्यस्तै कार्यक्रममा १६ वडा समितिका सल्लाहकार संयोजक दिलिप जोशीले आफ्नो मन्तव्यको क्रममा समुदायको दायित्व भनेको समुदायको विकास गर्नु हो, भन्दै समुदायको प्रयासमा समुदायको उन्नति केन्द्रीत रहेको जिकिर गर्नु भएको थियो ।   कार्यक्रममा अनिल चित्रकार, कार्यक्रम संयोजक विजय महर्जन, दिपक पोखरल, कृष्ण महर्जनलगायतले युवाको दायित्व र परिचालन सम्बन्धमा आ–आफ्नो अभिमत प्रस्तुत गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।