बिहिबार, बैशाख ६, २०८१

विद्यालयको ५५ औ जन्म जयन्तिको अवसरमा सरसफाई

काठमाडौं बैशाख २०, कामपा वडा नं. १३ स्थित सामुदायिक विद्यालयहरु मध्ये उत्कृष्ठ विद्यालयको रुपमा परिचित ज्ञानोदय माध्यमिक विद्यालयले आफ्नो ५५ औ जन्म जयन्तिको अवसरमा सरसफाई कार्यक्रमको आयोजना गरेको छ । ज्ञानोदय पूर्व विद्यार्थी समाज नेपाल ज्ञानको अगुवाइमा आयोजित सरसफाई कार्यक्रम अन्र्तगत कामपा १३ को वाफलचोक देखि मकालुचोक रिंगरोड सम्म सरसफाई गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ।

त्यस्तै विद्यालयका पूर्व विद्यार्थीहरु, स्थानिय, अभिभावकको समेत सहभागिता रहेको प्रस्तुत कार्यक्रमको  जानकारी दिदै आयोजक ज्ञानका अध्यक्ष  रुपचन्द्र पन्तले विगत वर्षदेखि नै  सस्थाले सरसफाई कार्यक्रम, निशुल्क स्वास्थ्य जाँच, रक्तदान, छात्रवृत्ति वितरण, अन्तर विद्यालयस्तरीय कार्यक्रम  आदि संचालन गर्दै आएको बताउँनु भएको छ ।  कार्यक्रममा क्षेत्र नं ८ का संघीय सांसद जीवनराम श्रेष्ठ, प्रदेश नं.३ का प्रदेश सभासद राजेश शाक्य, १३ का वडा सदस्य रामबाबु कोइराला लगायतको सहभागिता रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।