बिहिबार, बैशाख १३, २०८१

विदेश उपचारको नाममा राज्यकोष दोहन रोक्ने विधेयक प्रतिनिधिसभामा , पारितको लागि आज छलफल हुँदै

  काठमाडौ भाद्र २९, देशका विशिष्ट पदमा रहेका व्यक्तिहरू सामान्य रोगको उपचार गर्न पनि विदेश धाउने र राज्यकोषको लाखौँ खर्च गर्ने परिपाटी अन्त्य हुने भएको छ । विदेशमा उपचार गर्दा लाग्ने खर्च राज्यकोषबाट नव्योहर्ने व्यवस्था गरिएका विधेयक बिहीबार प्रतिनिधिसभामा पेश भएको छ ।

संसदीय समितिले जुटाएको सहमतिअनुसार विधेयक ‘फुल हाउस’बाट पारित भए विशिष्ट ओहोदामा रहेका पदाधिकारीदेखि सर्वसाधारणले विदशमा गरेको उपचार खर्च राज्य कोषबाट पाउने छैनन् ।

विधेयक शुक्रबार पारित गर्ने संसद् सचिवालयको कार्यसूची छ । संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी हक कार्यान्वयन गर्न सरकारले ल्याएको विधेयक संशोधन गर्दै संसद्को शिक्षा तथा स्वास्थ्य समितिले विदेशमा भएको उपचार खर्च राज्यकोषबाट नबेहोर्नै सहमति जुटाएको थियो । नयाँपत्रिकाबाट

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।