बिहिबार, बैशाख १३, २०८१

विदेशमन्त्री स्वराजले आज राष्ट्रपति ,अध्यक्ष प्रचण्ड र प्रम देउवासंग अर्थपूर्ण छलफल गर्ने

काठमाडौ माघ १९, २ दिने नेपाल भ्रमणमा रहनु भएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आज माओवादी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।  विहिवार एमाले अध्यक्ष केपी ओलीलगायत नेता र मधेशवादी दलका नेताहरुसँग भेटवार्ता गरेकी स्वराजले आजको पहिलो भेट प्रचण्डसँग गर्न लागेकी हुन् ।

प्रचण्डसँगको भेटलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम तय भएको  छ  । त्यस्लगत्तै    विदेशमन्त्री स्वराजाले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँगको  प्रधानमन्त्री निवास वालुवाटार विशेष छलफल गर्ने  बुझिएको  छ ।    त्यसपछि उहाँ  सिधै विमानस्थल पुगेर भारत प्रस्थान गर्ने भएकीछिन् ।

यसवीचमा उहाँको प्रस्तुत भ्रमणलाइ विभिन्न दृष्टिकोणबाट महत्वपूर्ण भएको बताईएपनि नेपाल आउँने क्रममा उहाँले विमानस्थलमा आफ्नो भ्रमण विशेष एजेन्दा विहिन भएको बताउँदै गर्दा पनि उहाँको भनाइ र भेटवार्ताको स्पिरिडलाइ हेर्ने हो भने स्थिती उहाँले भनेजस्तो कुनैपनि एङगलबाट देखिदैन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।