शुक्रबार, चैत्र १६, २०८०

विचार-अवधारणा र सिद्धान्त

-उमेश भण्डारी-

विचार कहावाट आउछ ? विचरण का कृयाहरू जारी रहदा विचारहरू पैदा हुन्छन् । विचार निर्दिष्ट हुन्छ तर स्थिर रहदैन । विचार को चेतनागत स्वभाविक उत्पत्ती वदलिदो समय र परिवेशले निर्धारण गर्दछ भने पदार्थगत विचार आवश्यकता , प्रकट अनुभूति तथा परिस्थिति जन्य कारणहरू वाट मस्तिष्क वाट प्रवाह हुने क्रान्ति सरिता समान हुन् । विचार निरन्तरता मा रहन्छ यसको प्रत्यक्ष मुल मन हो मनको अवश्था ले नै विचारहरू प्रकट भैरहेका हुन्छन् । शरिर र स्वरूप एकै स्थानमा स्थिर रहेपनि मन र मस्तिष्क विचरीत भैरहेको हुन्छ । स्वरूपको स्थिरता र चाल संगै मानव का मन र मस्तिष्क निरन्तर चलिरहेको हुन्छ स्थिर हुदैन ।

निरन्तर प्रवाहित भैरहने सोचहरूको प्रवाह ले नै व्यक्तिका अवस्था, परिस्थिति र परिवेश अनुरूपका विचारहरू उत्पन्न गराईरहेको हुन्छ । व्यक्तिका अन्तर्निहित अव्यक्त सोचहरू व्यक्तिको स्वअर्थ र स्वहित र स्वचहना को उपज र स्वार्थ अनुरूप हितकारी हुन्छ । स्वार्थ अनुरूप पैदा भएका सोच र सोचहरूको स्वहित भाव जव व्यक्त प्रकट र प्रयोग गर्दछ तल मात्र व्यक्तिको हितकारी विचार परवव्यक्ति को जमात, समाज र सम्प्रदाय ले गलत र सही के हो भन्ने निर्धारण गरिदिन्छ । व्यक्ति सधै निरङ्कुस र अविच्छिन्न अधिकार ले युक्त र शक्ति सम्पन्न रहिरहन खोज्छ , आफु आफ्नो हित र चहना भन्दा वाहेक सोच्दै सोच्दैन ।

जव आफु सोचले सम्पन्न हुन्छ तर सोचअनुरूपको प्रतिफल हॉसिल गर्न कार्यन्वन गर्न आफ्ना मनोभावहरू प्रकट गर्न पुग्दछ अनि मात्र विचार र सोच उचित र अनुचित हुन् स्पस्ट हुन पुग्दछ । निरपेक्ष आत्माधारी मानिस सापेक्षताको साहरा विना कुनै कृयात्मक पाईला चाल्न होईन उचाल्नै सक्दैन । हरेक व्रह्मवीज जीव आत्मा हुन् आत्मा निरपेक्ष छ तर आत्म धारण गर्ने हरेक आत्मधारीहरू को जीवन संचालन प्रकृया सापेक्ष छ । एक आत्मा अर्को आत्माको परिपुरक र सहायक वनेर खडा हुन्छ । जव व्यक्तिका स्वनिहीत सोच र विचार अर्को आत्मा संग पनि उत्तिकै स्वनिहीत भाव र सोच हुन्छ भन्ने सत्य संग वेखवर हुन्छ । अवचेतन आत्मा जव सचेतन भावमा प्रकट त्यतिवेला हुन्छ जव देहधारी आत्मा ले निर्दिष्ट र निर्देसित जीवन लीला व्यथित गर्दा सहज र सरलीकरण गर्नुपर्दा आत्माको योग पर-आत्मा सँग मिलाउन खोज्छ । योग र वियोग मिलाउने देहधारी संग मन, वुद्धि, चित्त र अहंकार युक्त संचालक भाव एवं काम, क्रोध, लोभ, मोह, मद र माष्चर्य युक्त उर्जा तत्व वा व्यक्तिको चाहना वा सामर्थ्य तत्व सक्रिय रहन्छ । यीनै भाव र शक्ति तत्व को प्राप्ति र उपयोग का लागि साम, दाम, दण्ड, भेद, सुरा र सुन्दरी साधन यन्त्रको प्रयोग गर्न पुग्दछ ।

यसरी निरपेक्ष आत्मा देहधारण गरेपछि आफ्नो देह जीवन सहज सुखद र सम्पन्न तवरले व्यथित गर्न स्वनिहीत र स्वहित युक्त भाव र सोचहरूको संकलनमा तल्लीन हुन्छ । सोचहरूलाई निरपेक्ष रहेर पूर्णता दिन असमर्थ रहन्छ र सापेक्षताको अनिवार्य जरूरत पर्दछ । अनि अप्रत्यक्ष रूपमा आफ्नो निहीत सोचहरूको परिपुरण गर्न सापेक्षता संग अभिव्यक्त गर्न पुग्दछ । देहधारीहरूको अनुहारको चक्र र अनुभूति एक को अर्को संग मिल्दैन केवल मिलेको जस्तो मिलाउन खोजेको जस्तो मात्र हो । आत्म र परआत्मा निरपेक्ष चाहना र सोच को परिपूर्ण गर्न सापेक्षता संग मन्थन गर्न पुग्दछ , संयोजन गर्न पुग्दछ । संयोजित भाव र विचारहरूको परिपूरण गर्ने सामर्थ्यका आधारमा देहधारी आत्माहरूको विचमा योग मिलाउन पुग्दछ । योग मिलेका देहधारी आत्माहरूको निहीत सोच लाई संयोजन गरि विचार को रूप पैदा गरिन्छ । विचार सही र गलत त्यती वेला ठहर्छ जति वेला संयोजित सोचहरूमा सार्वभौमको स्वार्थ मिल्न पुग्दछ । त्यतिवेला गलत ठहर्छ जतिवेला सार्वभौमको निहीत स्वार्थहरू मिल्न पुग्दैन । यसैले मनभित्र उत्पन्नहुने हजारौ सोच र तरंगहरू केवल गास, वास, कपास र सहवास ले युक्त सुखद देहधारी जीवन व्यथित गर्नका लागि सहज वनाउन मा केन्द्रित हुन्छन् । यसैले अविच्छिन्न व्यक्तिगत हक़ अधिकार लाई पूर्णतादिन स्वार्थवस अर्को अविच्छिन्न व्यक्तिगत अधिकारको उपभोगलाई चिन्तित व्यक्ति संग स्वार्थहरूको संयोजन र योग मिलाउन व्यक्त गरिने सोचहरूको अभिव्यक्ति नै विचार हो ।

विचारहरूको एकता को प्रतिफल हॉसिलगर्न प्रकट गरिने कार्य योजना वा प्रारूपहरू नै अवधारणा हुन् । अवधारणा प्रवाहित विचारहरूको संकलन र संकलित विचारहरूलाई कार्यन्वयन गर्ने वा मूर्तरूप दिन सापेक्ष आत्माको चेतना ले धारण गरेको अभौतिक तर भौतिकता स्वरूपको आन्तरिक मूर्तरूप र कार्यन्वयनको प्रारूप हो । अवधारणा व्यक्तिले भौतिक जीवन व्यथित गर्न भौतिक उपलव्धि हॉसिल गर्न तयार पार्ने निर्दिष्ट दृष्टिकोण सहित को जीवन आधारको चेतनागत लक्ष्य वा वाटो हो । अवधारणा सुक्ष्म र वृहत हुन्छन् । सुक्ष्म अवधारणा व्यक्तिको निहित र निजत्वको परिपूरणका लागि निर्मित हुन्छ । वृहद अवधारणा लोक जुनिया र जगत कल्याणार्थ निर्माण गरिएको हुन्छ । व्यक्तिको उत्पत्ती संगै आवश्यकताहरू को पनि सँग सँगै उत्पतिहुन पुगेका हुन् । आवश्यकता को परिपूर्ण गर्न व्यक्ति विचरित चिन्तित हुदै चिन्तनशील वन्न पुग्दछ । चिन्तन र विचरण को क्रममा आफ्ना तत्काल का आवश्यकताहरूको प्रतिपूर्ति त गर्न सक्यो तर आवश्यकताहरूको दीर्घकालीन र स्थिर समाधानका सवल शैली व्यव्स्थापन गर्न आफ्ना निर्वाहमूखि जीवनचरित्रका सवल विचार र भावनाहरूको संयोजन ले निर्दिष्ट एवं आन्तरिक सफल र सवल पद्धती र प्रकृयाको माध्यमहरूको शैलीगत स्मरणका आधारमा अवधारणाहरू तयार पार्दछ । व्यक्ति विकाशको क्रममा विस्तारित र वृहतरूप लिन पुग्दछ वृहत्तर रूपमा व्यक्तिहरूका आधारभूत आवश्यकताको परिपूर्ति गर्न एवं सहज व्यवस्थित सुसंचालनका लागि निरपेक्षता वाट सापेक्षताको साथ र आवश्यकता अनुभूत गर्दछ । यसैले भौतिक चेतनागत आधारमा संचालित हुने हरेक देहधारी मनुश्य निरपेक्ष आत्मा धारण गरेपछि को जीवन संझौता मा संचालित हुन्छ तर जीवन को निरपेक्ष भाव हॉसिल गर्न आत्मा र पर-आत्मा सँग योग मिलाउन पुग्दछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

, Published on: Jun 20, 2018