शनिबार, बैशाख ८, २०८१

विग्रदो स्वास्थ्यस्थिती कारण डा केसीलाइ काठमाडौं ल्याइयो

(फाइल फोटो)

काठमाडौं माघ ४, सरकारले सहमति विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याएको भन्दै ९ दिनदेखि इलाममा आमरण अनसनमा बस्नु भएका डा गोविन्द केसीको विग्रदो स्वास्थ्यस्थिती कारण विहिवार वेलुका उहाँलाइ काठमाडौं ल्याइएको छ ।

डा। केसीको मुटुको चाल अस्थिर भएपछि चिकित्सकहरुले कुनै पनि बेला दुर्घटना हुन सक्ने भन्दै तत्काल काठमाडौं लैजान सुझाव दिएसंगै उहाँलाइ  नेपाली सेनाको नाइटभिजन हेलिकोप्टरमार्फत काठमाडौंका ल्याइएको  हो । डा केसीलाइ अहिको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

उपचारमा संल्ग्न चिकित्सकहरुको अनुसार उहाँको शरीरमा अक्सिजनको मात्रा कम हुँदै ८० प्रतिशतमा झरेको, मुटुको चाल अनियन्त्रित भई घटेर ३५ र बढेर २०० सम्म पुग्ने गरेको, शरीरमा ग्लुकोजको मात्र कम हुँदै गएको बताईएको छ ।

यसअघि डा केसीको अनशनलाई ऐक्यबद्धता जनाउन बिहीबार पूर्व प्रन्या सुशीला कार्की, पूर्व सभामुख दमननाथ ढुंगाना, त्रिभुवन विश्विद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा र गायक अमृत गुरुङ पनि इलाम पुगेका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174