शुक्रबार, बैशाख ७, २०८१

वाम गठबन्धन विरुद्ध लोकतन्त्रवादीहरु एक ठाउँमा उभिनुको विकल्प छैन : सञ्चारमन्त्री बस्नेत

भक्तपुर कार्तिक १३, सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले भक्तपुरमा नेपाली कांग्रेसका पूर्व सभापति रामबहादुर ठकुरीद्दारा लिखित ‘नलेखिएका इतिहास’ नामक आत्मवृतान्त को लोकार्पण गर्दै कम्युनिस्ट पार्टीहरुले ल्याउन खोजेको एकदलीय तानाशाह विरुद्ध लोकतन्त्रवादीहरुलाई एक ठाउँमा उभिनुको विकल्प नभएको बताउँनु भएको छ।

साथै सम्बोधनको क्रममा मन्त्री बस्नेतले अहिले लाकेतन्त्रको एकमात्र पहेरेदार शक्तिको रुपमा रहेको नेपाली काँग्रेस विरुद्ध लक्षित गरि वाम गठबन्धन भएको छ । त्यसको काँग्रेसले खुलेरै सामना गर्ने भन्दै उहाँले आसन्नन प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा काँग्रेस पहिलो पार्टी बन्ने दाबी गर्नुभएको छ ।   कार्यक्रममा पूर्व उद्योग राज्यमन्त्री कञ्चन वादे श्रेष्ठ, पूर्व सांसद रामेश्वरप्रसाद ढुंगेल, पार्टी जिल्ला सभापति दुर्लभ थापालगायतले नेता रामबहादुर ठकुरीले प्रजातन्त्र स्थापनामा खेलेको भूमिका र योगदानको चर्चा गर्नुभएको थियो । फोटो: Nabaraj Bhattarai को फेसबुकपेज 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2017
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30