शनिबार, बैशाख ८, २०८१

वातावरण मैत्री समाजको सरसफाई कार्यक्रम ८० औ हप्तामा

  काठमाडौ जेठ २६,   कामपा वडा न. ३० स्थित वातावरण मैत्री समाजले स्वच्छ वातावरण स्वस्थ्य जीवन भन्ने मुल नारा सहित आफ्नो अगुवाइमा सुरु भएको जनचेतना मूलक सरसफाई साप्ताहिक कार्यक्रमको श्रृखला आज ८० औ हप्तामा पुगेको छ ।

समाजले निरन्तररुपमा सरसफाई गर्ने क्रममा आज मैतिदेवी मन्दिर देखि सेतोपुल हुदै मैतिदेवी क्षेत्रको सफाइ गरेको समाजका अध्यक्ष राधे मिश्रले जानकारी दिनु भएको छ । कार्यक्रममा स्थानीय प्रहरी, विद्यालयका विधार्थी संघसस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । त्यस्तै समाजले आगामी हप्ता रातोपुलबाट कमलपोखरी सम्म हुने सरसफाई कार्यक्रममा हातेमालो गर्न आव्हान गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।