बिहिबार, बैशाख १३, २०८१

वातावरणीय संक्रमण रोक्न रोटरीक्लव अफ न्यूरोड ग्रिन प्लान्टेशनमा

 एक रोटरीएन एक विरुवा’को अवधारणा 

काठमाडौं असार ३१,  उपत्यकाको संगमस्थल मनहरा र हनुमन्ते खोलाको आसपासका क्षेत्रमा बढ्दो वातावरणीय संक्रमण रोक्दै ग्रिन प्लान्टेशनको कायम गर्ने लक्ष्य सहित इननर व्हिल क्लवको सहकार्यमा रोटरीक्लव अफ न्यूरोड सिटीले शनिवार वृहत वुक्षारोपण कार्यक्रमको आयोजना गरेको छ ।

क्लवले आफ्नो ग्रिन प्लान्टेशन अभियान अन्र्तगत उपत्यकाको संगमस्थल बाट सुरु गरेको प्रस्तुत कार्यक्रमलाइ आज रोप्ने भोली छोड्ने नभइ देशव्यापी बनाउँने लक्ष्य निर्धारण गरेको जनाएको छ । त्यस्तै पछिल्लो समय चुनौतीको देखिएको वातावरणीय समस्यालाइ हरियालीको माध्यमबाट केहिहदसम्म भएपनि स्वच्छ राख्दै संरक्षण गर्ने उद्देश्यले यस कार्यक्रमलाइ प्राथमिकरण गरिएको सहभागी क्लवका पदाधिकारीहरुले बताएका छन ।

एक रोटरीएन एक विरुवा’ को नारा सहित १५० विभिन्न प्रजातिका विरुवा रोपण कार्यपछि आयोजित औपचारिक कार्यक्रममा सहभागी वक्ताहरु क्रमस रोटरीक्लव अफ न्यूरोड सिटी क्लवका अध्यक्ष मणिकरत्न शाक्य, इननर व्हिल क्लवका प्रतिनिधी युगलक्ष्मी तुलाधर , मनोहरा उपभोक्ता समितिका अध्यक्ष लगायतले कार्यक्रमको महत्वमाथि प्रकाश पार्नु भएको थियो । नेफ्स्कुनका अध्यक्ष डिवी बस्नेत त्यस्तै गरि कार्यक्रमको संयोजन सहित निलकण्ठ श्रेष्ठले प्रस्तुत कार्यक्रमलाइ सफल र सार्थक बनाउँन निर्वाह गर्नु भएको भूमिका आफैमा मत्वपूर्ण रहेको क्लवका जनसम्पर्क अफिसर रमिला श्रेष्ठ शाक्यले जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।