शनिबार, बैशाख ८, २०८१

वाइसीएल केन्द्रीय बैठक: युवा संगठनबीचको एकताको आधार तयार गर्ने

काठमाडौं फागुन ३०, माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग ९वाइसीएल० नेपालको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ ।  संगठनको कार्यालय पेरिसडाँडामा भएको बैठकले युवा संघ नेपालसँगको सांगठानिक एकताबारे आवश्यक निर्णय गर्ने अधिकार संगठनको केन्द्रीय कार्यालयलाइ दिएको छ ।

बैठकमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुने भएपछि दुबै पार्टीका युवा संगठनहरुबीच एकताको आधार तयार गर्न आन्तरिक छलफल हुने वाइसीएल, नेपालका अध्यक्ष दीपशिखाले जानकारी दिए । एमाले र माओवादी केन्द्रले बैशाख पहिलो साता पार्टी एकता गर्ने बताएका छन् ।

बैठकमा प्रदेश, जिल्ला र तल्ला तहसम्मको संगठनको अवस्था, समस्या, सम्भावना र चुनौतिका विषयमा प्रत्येक प्रदेश बाट प्रदेश प्रमुख हरुले आ९आफ्नो प्रदेशको रिपोटिङ गरेका थिए । उक्त वैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेता नारायणकाजी श्रेष्ठ , नेता मणि थापा लगायतको उपस्तिथी रहेको थियो । त्यस्तै बैठकले आगामी कार्ययोजना पनि तय गरेको वाइसीएलका प्रचार बिभाग प्रमुख पुष्प ओलीले जानकारी दिए । उनका अनुसार आजको बैठकले केन्द्रीय समितिको कार्यविभाजन तथा पदपुर्ति समेत गर्नेछ ।  आजको बैठकले आन्तरिक धारणा निर्माण गरेपछि युवा संघ नेपालसँगको एकताबारे छलफल थालिने वाइसीएल केन्द्रीय कार्यालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।