शुक्रबार, चैत्र १६, २०८०

वाइडबडी विमान खरीद भ्रष्टाचार प्रकरण: नेवानीका महाप्रबन्धक कंसाकारलाई कालोमोसो

काठमाडौं पुस २० , वाइड बडी विमान खरीद भ्रष्टाचार प्रकरणलाइ लिएर आज नेवानीका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई उनकै कार्यकक्षमा कालोमोसो दलिएको हो ।

वाइडबडी खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै हालै संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले कंसारकालाई कारबाहीको सिफारिस गरेसंगै वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिगले उनको कार्यकक्षमै पुगेर कालोमोसो दलेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

ज्ञात रहोस ,प्रतिनिधिसभा, सार्वजनिक लेखा समिति अन्र्तगत गठित उपसमितिले नेपाल वायुसेवा निगमको वाइड बडी विमान खरीद प्रकरणमा सार्वजनिक खरीद ऐन विपरीत अनियमित तरिकाले खरिद गरिएको बताउँदै रु ४ अर्ब ३५ करोड ५६ लाख घोटाला भएको प्रतिवेदन बुझाएसंगै सिर्जना भएको तरङ्गले यत्र तत्र सर्वत्र सरकारीस्तरमा हुने गरेको भ्रष्टाचारको नयाँ अध्यायको खुलासा गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।