मङ्लबार, बैशाख ११, २०८१

वर्ष ०७५ सफलताको वर्ष हुन सकोस्

काठमाडौं वैशाख १ , वैशाख १ गते अर्थात वर्ष २०७५ सुभारम्भको दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक सामाजिक बनोट हाम्रो विशेषता मात्रै होइन, सामाजिक सम्पदासमेत हो । विविधता, बहुलता, सामाजिक सद्भाव राष्ट्रिय एकतालाइ खलल गर्ने काम यस वर्ष कहि कतैबाट पनि हुनुहुन्न । मुलुकमा शान्ति सुव्यवस्था कायम गर्नका लागि सरकार दृढ संकल्पित रुपमा प्रस्तुत हुनुपर्छ भन्ने हाम्रो बुझाइ रहेको छ ।  त्यस्तै यसवीचमा मुलुकमा बढ्दो गरिबी, बेरोजगारीको खाडललाइ पुर्दै समुन्नत मुलकको खाका कोरिनपर्छ । संविधानप्रदत मौलिक हक अनुरुप तमाम नेपालीले गरि खान पाँउँने अधिकारको संरक्षम भयरहित वातावरणमा बाच्न पाउँने अधिकार र जनतामा नीहित सार्वभौमसत्ता प्रत्याभूत भएको आभाष गर्न पाओस वर्ष ०७५मा ।

भ्रष्टाचार समाजको परम शत्रु हो यस अर्थमा कुनै बहानाबामा भ्रष्टहरुलाई संरक्षण गर्ने प्रवृति स्वीकार्य हुन सक्दैन । भ्रष्टाचार सानो होस वा ठूलो सवैलाइ निर्मम कारवाहीको दायरामा ल्याइयोस भन्ने जनजनको चाहनालाइ वर्तमन सरकारले सम्बोधन गरोस ।   त्यस्तै जैविक विविधता भएको हाम्रो मुलुकलाइ उन्नतशिल बनाउँन व्यवस्थापकीय कमजोरीका कारण फड्को मार्न नसकिरहेको विद्यमान अवस्थालाइ दृष्टिगत गर्दै कार्यसम्पादन गरियोस । साथै शक्ति पृथकीकरणको सिद्धान्त, स्वतन्त्र न्यायपालिका, कानूनी राज र कानूनका नजरमा सबै बराबर छन् भन्ने मान्यता स्थापितका लागि यसवीचमा मर्यादित संस्था र निकायहरुमा देखिएको विचलनको अन्त्य गरियोस ।

 भूकम्पपीडित, बाढी र पहिरो प्रभावित तथा घरबारविहीनहरुको पीडालाए सम्बोधन गर्दै प्रदान गरिएको सहुलियत ऋण मिनाह गर्दै भौतिक संरचना पुनर्निर्माणलाई तीव्रता दिइयोस भन्ने कामना गर्दै अन्तमा विसं २०७५ स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुका लागि सु स्वास्थ र सफलताको वर्ष हुन सकोस्, मेरो हार्दिक शुभकामना अभिव्यक्त गर्दछु ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।